एजेन्सी: इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५-३ गोलले पराजित गर्दै लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।
सिटीको घरेलु मैदान एतिहादमा भएको यस खेलमा एन्जो फर्नान्डेजले नवौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । चेल्सीबाट १२ करोड ५० लाख पाउन्डमा सिटी पुगेपछि यो उनको पहिलो गोल थियो।
तर सन्डरल्यान्डले १२ औँ मिनेटमा बराबरी गर्यो। २९ औं मिनेटमा सिटीले रायन चेर्कीको गोलमा पुन: अग्रता लिए पनि सन्डरल्यान्डले ३३ औं मिनेटमा फेरि बराबरी गर्यो।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा एन्टोइन सेमेन्ग्योले गोल गर्दै सिटीलाई ३-२ ले अघि बढाए।
५७ औं मिनेटमा सेमेन्ग्योले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल थपे। त्यसको दुई मिनेटपछि ब्रोबीले ह्याट्रिक पूरा गर्दै सन्डरल्यान्डलाई खेलमा फर्काए।
सन्डरल्यान्डले बराबरीका लागि निरन्तर प्रयास गरे पनि सिटीको डिफेन्सले दबाब झेल्यो। गोलरक्षक डोनारुम्माले केही अवसरमा गल्ती गरे पनि सिटीले त्यसको मूल्य चुकाउनुपरेन।
खेल सकिन नौ मिनेट बाँकी रहँदा एर्लिङ हालान्डले ग्भार्डियोलको क्रसमा गोल गर्दै सिटीको जित सुनिश्चित गरे। उनको गोल सुरुमा अफसाइड दिइए पनि भीएआर जाँचपछि निर्णय उल्ट्याइएको थियो।
यो गोलसँगै हालान्डले आफूले प्रिमियर लिगमा सामना गरेका सबै टोलीविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका छन्।
लिभरपुल विजयी
आजै भएको अर्को खेलमा लिभरपुलले बोर्नमाउथलाई संघर्षपूर्ण तरिकाले १-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलका लागि एकमात्र गोल अलेक्जान्डर इसाकले ५७औं मिनेटमा गरेका थिए ।
यो जितसँगै लिभरपुलले ५ खेलबाट दुई जित र तीन बराबरी सहित ९ अंक बनाएको छ र टिम छैटौं स्थानमा छ ।
अन्य खेलका नतिजा
कोभेन्ट्री vs नटिङघम फरेस्ट ( १ – ० )
लिड्स vs प्यालेस ( ० – ० )
एभर्टन vs इप्सवीच ( १ – ० )








