२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

धनकुटामा २० व्यक्तिबाट रक्तदान

धनकुटामा २० व्यक्तिबाट रक्तदान
अ अ+ अ-

धनकु। धनकुटामा २० व्यक्तिले रक्तदान गर्नुभएको छ । ७१औँ प्रहरी दिवसको अवसरमा रक्तदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रक्तसञ्चार शाखासँगको सहकार्यमा रक्तदान भएको हो ।

‘विपद्मा सारथी, सङ्कटमा छहरी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै आवश्यकतामा रहेका बिरामीका लागि रगतको उपलब्धतामा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । सङ्कलित रगत रक्तसञ्चार केन्द्र, धनकुटामा राखिने भएको छ । रासस