२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अङ्कले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले बढेर ४७० दशमलव १७ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४९ अङ्कले बढेर १८० दशमलव ०२ मा पुगेको छ ।

सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ८४ अङ्कले बढेर १५८ दशमलव ९७ मा पुगेको छ । विभिन्न कम्पनीका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर रु चार अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र वटै उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो ।

आज १०४ कम्पनीको सेयर बढ्यो भने १६७ कम्पनीको सेयर घट्यो । त्यसैगरी ७ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज सगरमाथा जलविद्युत् कम्पनी, नेपाल लाइफ समृद्धि लगानी योजना, एनआईसी एसिया ग्रोथ फण्डलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी स्नो रिभर्स, धौलागिरी लघुवित्त वित्तीय संस्था र एनआईसी सेलेक्ट फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।