२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल
अ अ+ अ-

काठमाडौं। खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई थप प्रभावकारी, व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना तथा सञ्चालनसम्बन्धी छलफल गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप, कार्यक्षेत्र, संरचना, नियमनकारी जिम्मेवारी र वित्तीय मोडेललगायत विषयमा छलफल भएको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष उपस्थितिमा सम्पन्न बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा प्राधिकरण सञ्चालनका लागि आवश्यक व्यवस्थाबारे पनि विचारविमर्श गरिएको मन्त्रालयले जनाएको छ।

बैठकमा प्रस्तावित प्राधिकरणको भूमिका, विद्यमान नियामक निकायहरूबीचको समन्वय तथा आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापनका विषयमा छलफल भएको थियो। खाद्य स्वच्छता र गुणस्तर कायम गर्नुका साथै औषधिको नियमनलाई प्रभावकारी बनाउन एकीकृत र वैज्ञानिक नियामक प्रणालीको आवश्यकतामाथि पनि जोड दिइएको थियो।