गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट र धादिङलाई जोड्ने पक्की पुलमा क्षति पुर्याएपछि बेलीब्रिज निर्माणका लागि सरकारले सात ट्रक निर्माण सामग्री पुर्याएको छ।
आइतबार बिहान आएको बाढीले पुलको गोरखातर्फको भागमा क्षति पुर्याएपछि यातायात सञ्चालन सहज बनाउन बेलीब्रिज निर्माणको तयारी अघि बढाइएको हो।
बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री बोकेका सात ट्रक आज घटनास्थलमा पुर्याइएको छ। क्षतिग्रस्त पुलको विकल्पमा बेलीब्रिज निर्माण गरी आरुघाट र धादिङबीचको आवागमन पुनः सहज बनाउने लक्ष्य राखिएको छ।








