२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता

इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण

इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण
अ अ+ अ-

काठमाडाैँ । इजरायलका लागि प्रश्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मंगलवार संसदीय सुनुवाई विशेष समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै उहाँले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक र प्राविधिक सहयोगमा केन्द्रित गर्ने बताउनुभएको हो । प्रश्तावित राजदुत कर्णले इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्ने बताउनु भयो ।

श्रमिकहरूको सुरक्षाका लागि ‘ड्यासबाट कनेक्ट’ नामक प्राविधिक संयन्त्र निर्माण गर्ने उहाँको योजना छ । यो प्रणालीमार्फत इजरायलमा रहेका नेपाली श्रमिकहरूको समस्या पहिचान, कन्सुलर सेवाको ट्रयाकिङ र रियल–टाइम सूचना प्रवाह गर्ने लक्ष्य राखिएको छ । यसको सर्भर नेपालमै राखेर सुरक्षा मापदण्ड सुनिश्चित गरिने उहाँले स्पष्ट पार्नुभयो । लगानीका विषयमा बोल्दै कर्णले आफ्नो अनुभव आईटी र बैंकिङ क्षेत्रमा रहेको बताउँदै नेपालमा वैदेशिक लगानी भित्र्याउन आफू प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इजरायल सरकारको सहयोगमा कृषि प्रविधिको विकास र विस्तार मेरो प्राथमिक कार्यसूचीमा छ । यसका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी ठोस योजना अघि बढाउनेछु ।’

उहाँले कोमो ल्याब प्राइभेट लिमिटेडसँगको आफ्नो संलग्नता विशुद्ध निजी क्षेत्रको पहल भएको स्पष्ट पार्दै स्वार्थको द्वन्द्व नहोस् भनी आफूले त्यसबाट राजीनामा दिइसकेको जानकारी दिनुभयो । उहाँले नेपाल र इजरायलबीचको पर्यटन प्रवद्र्धनका लागि सन् २०२७ मा ‘ट्रेक फर रिकभरी’ अभियान सञ्चालन गर्ने र दुई देशबीचको एयर कनेक्टिभिटीका समस्या समाधान गर्न हवाई सेवा सम्झौता कार्यान्वयनमा जोड दिने बताउनु भयो । –न्युज एजेन्सी नेपाल