२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण

इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता

इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौं । इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले नेपाल–इजरायल द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कर्णले कूटनीतिक सम्बन्ध विस्तार, नेपाली श्रमिकको आर्थिक भार न्यूनीकरण, प्रविधिमा आधारित सेवा प्रवाह र साइबर सुरक्षालाई आफ्नो कार्यकालका प्रमुख प्राथमिकता बनाएका हुन्।

उनले पदभार ग्रहण गरेको १२० दिनभित्र नेपाल र इजरायलबीच उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने योजना सुनाए। सन् १९६० मा स्थापित दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप गतिशील बनाउँदै संसदीय, व्यावसायिक तथा संस्थागत सहकार्य विस्तार गर्ने उनको प्रतिबद्धता छ।

इजरायलमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानलाई विशेष प्राथमिकता दिएका कर्णले श्रमिकको लागत घटाउन र सहज किस्ताबन्दीमा वित्तीय सुविधा उपलब्ध गराउन सम्बन्धित निकाय तथा बैंकहरूसँग छलफल गर्ने बताए। यसका लागि पहिलो १०० दिनभित्र प्रारम्भिक निष्कर्षमा पुग्ने उनको लक्ष्य छ।

इजरायलमा आधिकारिक तथ्याङ्कअनुसार करिब पाँच हजार पाँच सय नेपाली कार्यरत छन् भने अनौपचारिक रूपमा यो सङ्ख्या १० हजारभन्दा बढी रहेको उल्लेख गरिएको छ। सन् २०२० को श्रम सम्झौताअन्तर्गत संस्थागत हेरचाह सेवामा नेपाली श्रमिक जाने प्रक्रिया सुरु भए पनि घरमा आधारित हेरचाह सेवा र कृषि श्रमिकसम्बन्धी प्रोटोकल कार्यान्वयन हुन बाँकी रहेको कर्णले बताए। ती विषयमा सम्बन्धित इजरायली निकायसँग वार्ता अघि बढाउने उनको योजना छ।

त्यस्तै, इजरायलमा रहेका नेपालीको विवरण, ठेगाना, रोजगारी र कानुनी अवस्थाको अभिलेख राख्न तथा उनीहरूका गुनासा सम्बोधन गर्न प्रविधिमा आधारित प्रणाली सञ्चालनमा ल्याउने उनले बताएका छन्। पहिलो १०० दिनभित्र प्रणाली सञ्चालन गर्ने लक्ष्य राखेका कर्णले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट गुनासाको अनुगमन गरी ३० दिनभित्र समाधान गर्ने वा सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए।

“मेरो कार्ययोजना चार प्रमुख क्षेत्रमा केन्द्रित छ—कूटनीतिक सम्बन्ध, नेपाली डायस्पोरासँगको सहकार्य, आर्थिक कूटनीति तथा प्रविधि र साइबर सुरक्षा। यसको मुख्य उद्देश्य नेपाल र नेपालीको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनु हो,” उनले भने।

कर्णले नेपालको सन्तुलित परराष्ट्र नीतिअनुसार इजरायल र अरब राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै द्विपक्षीय सहकार्य विस्तार गर्ने पनि बताए। साथै, दुई–राज्य समाधानको पक्षमा नेपालको नीतिलाई निरन्तरता दिने उनको भनाइ छ।

नेपाली डायस्पोरासँगको सम्बन्धलाई संस्थागत बनाउन सन् २०२७ देखि नियमित संवाद तथा सहकार्यका कार्यक्रम सञ्चालन गर्ने दीर्घकालीन योजना पनि उनले प्रस्तुत गरेका छन्।