२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च

दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव

दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव
अ अ+ अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीलाई दाताकेन्द्रित सोचबाट मुक्त भएर नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ ।

मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा जोशीको कार्ययोजना र कूटनीतिक क्षमतामाथि प्रश्न उठाउँदै सांसद चौलागाईंले कूटनीतिक मर्यादा, राष्ट्रिय स्वार्थ र नतिजामुखी कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघ (यूएन) लगायतका अन्तर्राष्ट्रिय संस्थामा जोशीले हासिल गर्नुभएको कार्यअनुभवलाई उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवलाई नेपालको राष्ट्रिय हितअनुकूल कसरी उपयोग गर्नुहुन्छ भन्ने प्रश्न गर्नुभयो । दाता राष्ट्रहरूसँगको सम्बन्धमा नेपालको भू–राजनीतिक संवेदनशीलता र सामाजिक मौलिकतालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद चौलागाईंले जर्मनीमा नेपाली दक्ष तथा प्राविधिक जनशक्तिका लागि रोजगारीका अवसर सिर्जना गर्ने विषयमा पनि स्पष्ट कार्ययोजना माग्नुभयो । दक्ष जनशक्ति विदेशिँदा नेपालको बौद्धिक तथा प्राविधिक क्षमता कमजोर हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्ने उपायबारे प्रस्तावित राजदूतको धारणा माग्नुभएको थियो ।

त्यस्तै, नेपालको हवाई सुरक्षा अवस्थाका कारण युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीमा परेको नेपाललाई त्यसबाट हटाउन गर्न सकिने पहल, जर्मनीबाट जलवायु कोषमा पहुँच विस्तार, नवीकरणीय ऊर्जा प्रविधि भित्र्याउने तथा द्विपक्षीय व्यापारबाट नेपालले लिन सक्ने लाभबारे पनि उहाँले प्रश्न उठाउनुभयो ।

बैठकमा बोनस्थित नेपाली राजदूतावासको पुरानो भवन तथा जग्गा व्यवस्थापनको विषयसमेत उठाइएको थियो । नेपाल सरकारले सन् १९९९ देखि बर्लिनमा भाडाको भवनबाट दूतावास सञ्चालन गर्दै आएको र बोनस्थित पुरानो भवन बिक्री गर्ने निर्णय २०७६ सालमै भए पनि कानुनी तथा प्राविधिक जटिलताका कारण प्रक्रिया अघि बढ्न नसकेको विषयमा चौलागाईंले चासो व्यक्त गर्नुभयो ।

पुरानो भवनको व्यवस्थापन हुन नसक्दा राज्यको खर्च बढिरहेको उल्लेख गर्दै उहाँले भवन बिक्री प्रक्रिया अघि बढाउन र बर्लिनस्थित दूतावासको भाडाबापत भइरहेको खर्च कम गर्न पदभार ग्रहण गरेको कति समयभित्र समस्या समाधान गर्ने हो भन्ने स्पष्ट समयसीमा माग्नुभयो ।

चौलागाईंले संयुक्त राष्ट्रसंघबाट सन् २०१८ मा अवकाश लिएपछि जोशीले कुनै राष्ट्रको नियुक्तिमा रहेर काम गर्नुभएको छ वा छैन भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गर्नुभयो । उहाँले विगतका राजदूतहरूले राम्रा कार्ययोजना प्रस्तुत गरे पनि कार्यकालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गर्दै औपचारिक कार्यक्रममा सीमित नभई ठोस परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रस्तावित राजदूत जोशीले जर्मनीसँगको सम्बन्धलाई आर्थिक कूटनीति, लगानी, प्रविधि हस्तान्तरण र श्रम कूटनीतिसँग जोड्दै नेपालको राष्ट्रिय हितमा मापनयोग्य उपलब्धि हासिल गर्नुपर्ने चौलागाईंको सुझाव थियो ।