२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन

बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन
अ अ+ अ-

काठमाडाैँ । बुटवल बसपार्कमा सञ्चालित नागरिक सहायता कक्षबाट प्रदान गरिएको सेवाबाट सर्वसाधारण यात्रु, सार्वजनिक सवारीसाधन सञ्चालक र सुरक्षाकर्मीलाई सहज भएको छ ।

बडादसैँको पूर्वसन्ध्यामा घर जानेको चहलपहल बढेसँगै यात्रुलाई सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने, सम्भावित ठगी नियन्त्रण गर्ने र ट्राफिक नियमको पालना गराउने उद्देश्यले स्थापना भएको नागरिक सहायता कक्षबाट आवश्यक समन्यव तथा सहजीकरण भइरहेको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारीसाधनको गति सीमित राख्ने, अनावश्यक हर्न नबजाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा मादकपदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा सवारी चालकलाई सम्झाउने काम भइरहेको बताउनुभयो ।

यसैगरी, यात्राका क्रममा समस्या परेका नागरिकलाई आवश्यक परामर्श र सहयोगसमेत उपलब्ध गराइने व्यवस्था मिलाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवल यातायात प्रालि, सिद्धार्थ, श्रीनगर, गुल्मी जिप तथा देउराली यातायातसँगको सहयोग र सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरेको जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक थापाले प्रहरी र समुदायबीचको समन्वय र सहकार्यबाट मात्र नागरिकलाई सहज र सुरक्षित सेवा प्रदान गर्न सकिने भएकाले सोहीअनुसार सहायता कक्ष स्थापना गरिएको स्पष्ट गर्नुभयो ।

यही असोज २५ गतेबाट सञ्चालनमा आएको चाडपर्व लक्षित सो सहायता कक्षबाट यात्रुको समस्या समाधान, सडक सुरक्षासम्बन्धी जानकारी र ट्राफिक नियम पालनाबारे सचेतना अभिवृद्धि गर्ने काम भइरहेको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष खरेलले बुटवल बसपार्कको भौतिक तथा व्यवस्थापकीय सुधार अपेक्षाअनुसार हुन नसकेकको तथा उज्यालो र सफा बसपार्कतर्फ पर्याप्त ध्यान पुग्न नसकेकोतर्फ सम्बद्ध पक्षको ध्यान जाओस् भन्नुभयो ।

विशेषगरी बडादसैँको उपलक्ष्यमा सुरक्षित र सहज यात्रालाई प्राथमिकता दिँदै स्थापना गरिएको बुटवल बसपार्कस्थित नागरिक सहायता कक्षमा सम्पर्क गर्नेक्रम बढेको छ । अहिले बसपार्कमा काम गर्ने कर्मचारीका लागि परिचयपत्र अनिवार्य गरेको, टिकट काउन्टरबाट मात्रै टिकट खरिद गर्नुपर्ने भएको, सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था गरेको र यात्रुलाई प्राथमिकता दिई उचित व्यवहारका साथ गन्तव्यस्थलमा पुर्याउन अनुरोध गरेको उहाँले बताउनुभयो ।

बुटवलबाट सङ्घीय राजधानी काठमाडौँसहित लुम्बिनी प्रदेशका सबै पहाडी जिल्ला, गण्डकी प्रदेशका बाग्लुङ, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ तथा मुलुकका अधिकांश सहरमा सार्वजनिक सवारीसाधन सञ्चालन हुनेगरेको अध्यक्ष खरेलले जानकारी दिनुभयो ।