२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस
अ अ+ अ-

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन् ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको आठ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।

उहाँका अनुसार, विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला सहचालक राखी सुरुआतमा उपमहानगरपालिका आफैँले सञ्चालन गरे पनि खर्च धान्न नसक्ने देखेपछि बसपार्क र सातवटा बस सञ्चालनका लागि ‘टेन्डर’ आह्वान गरिएको थियो ।

सात वटा बसको वार्षिक ५० लाख र नेपालगञ्ज बसपार्कको पार्किङ शुल्क ५१ लाख न्यूनतम मूल्य कायम गरी टेन्डर आह्वान भएकामा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक एक करोड ३७ लाख ५१ हजारमा ठेक्का स्वीकार गरेको थियो । बस सञ्चालनमा घाटा भएपछि ठेकेदार कम्पनीले नगरबस बसपार्कमा थन्क्याएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

तीन वर्षदेखि थन्काएर राखिएका बस पुनःसञ्चालनको लागि उपमहानगर कार्यपालिका बेर्डले वडा नं. ४ का वडाध्यक्ष गोपाल पुनको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिको म्याद सकियो तर प्रतिवेदन हालसम्म बुझाएको छैन् ।

समितिका संयोजक गोपाल पुनले घरायसी कामले समयमा प्रतिवेदन बुझाउन नसकिएको बताउनुभयो । समितिको म्याद थप नभएकाले काम गर्न नसकिएको उल्लेख गर्दै उहाँले नगरबस हाल जीर्ण हुँदै गएकाले सामान्य अवस्थामा सञ्चालन गर्न नसकिने बताउनुभयो ।

“लामो समयदेखि थन्क्याएर राखिएका बस अब सञ्चालन हुने अवस्थामा ल्याउनै लाखौँ रुपैयाँ खर्च हुने देखिएको छ”, पुनले भन्नुभयो, “नगरवासीलाई सुविधा दिन सञ्चालन गर्ने भनिएका नगरबस सेवाभन्दा बढी प्रचारवाजी गरियो, बस सञ्चालनका लागि छुट्टै व्यवस्थापनको खाँचो छ ।”

लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगरबस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन् ।

नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका लागि आएको बजेटबाट किनिएका बस अहिले थन्क्याएर राख्नु सहरकै प्रतिष्ठामा आँच आउने विषय भएको बताउनुभयो । रासस