२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै

अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै
अ अ+ अ-

क्यानबेरा। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले उत्तरी अस्ट्रेलियामा आदिवासी रेन्जरले वन्यजन्तुको अनुगमनका क्रममा गर्नुपर्ने तस्बिर प्रशोधनसम्बन्धी कार्यभार ८१ दशमलव चार प्रतिशतले घटाएको एक अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालय (सीडीयू)ले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताले उत्तरी क्षेत्रको पश्चिम अर्नहेमस्थित वार्डेकेन आदिवासी संरक्षित क्षेत्रमा समुदायको नेतृत्वमा सञ्चालन भइरहेको वन्यजन्तु अनुगमन कार्यक्रममा एआईको प्रयोगबारे अध्ययन गरेका थिए ।

उक्त कार्यक्रममा सांस्कृतिक र संरक्षणका दृष्टिले महत्वपूर्ण वन्यजन्तुको निगरानी गर्न क्यामेरा ‘ट्र्याप’ प्रयोग गरिन्छ । यसले भूमि व्यवस्थापनमा परम्परागत भूमिधनी समुदाय र आदिवासी रेन्जरको सहभागिता सुनिश्चित गर्छ ।

वार्डेकेन भूमि व्यवस्थापन, चाल्र्स डार्विन विश्वविद्यालय र अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय राष्ट्रमण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ)का अनुसन्धानकर्ताले रेन्जरले सङ्कलन गरेको एक हजार ५७२ घण्टाको तथ्याङ्कमा ‘मेगाडिटेक्टर’ नामक एआईमा आधारित वन्यजन्तु पहिचान प्रणाली प्रयोग गरेका थिए ।

अध्ययनअनुसार, उक्त प्रविधिले विस्तृत विश्लेषण गर्नुपर्ने तस्बिरको सङ्ख्या नौ लाख २५ हजार ८८ बाट घटाएर एक लाख ७२ हजार २९० मा सीमित गरेको थियो । यससँगै तस्बिर प्रशोधन गर्न लाग्ने समय पनि छ महिनाबाट घटेर दुई महिनामा झरेको थियो ।

कार्यभार घटेपछि रेन्जरले भूमि व्यवस्थापन र वन्यजन्तुका प्रजाति पहिचानमा बढी समय दिन पाएका छन् । साथै, स्थानीय भाषाको अभिलेखीकरण तथा शैक्षिक सामग्री विकासजस्ता गतिविधिमा पनि उनीहरूलाई थप समय उपलब्ध भएको अनुसन्धानकर्ताले बताएका छन् ।

अध्ययनले एआईको प्रयोगबाट वन्यजन्तु अनुगमनलाई थप प्रभावकारी बनाउनुका साथै आदिवासी समुदायको संरक्षणसम्बन्धी काम र सांस्कृतिक ज्ञानको अभिलेखीकरणमा सहयोग पुग्न सक्ने देखाएको छ । (रासस/सिन्ह्वा)