२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक

डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक
अ अ+ अ-
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ नजिकिएसँगै नेपाली सांगीतिक क्षेत्रमा दशैँ गीत सार्वजनिक गर्ने क्रम बढेको छ। दशैँको आगमनसँगै बजारमा चहलपहल बढिरहेका बेला विद्यालयहरूमा समेत बिदा सुरु भइसकेको छ। यसैबीच वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीतमा तयार भएको नयाँ दशैँ गीत ‘दशैं आयो’ सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राईको सुमधुर स्वर रहेको छ। गीतमा सुनिल राईले संगीत संयोजन (एरेन्ज) गरेका छन्।

नेपाली गीत–संगीतको प्रवर्द्धन, म्युजिक भिडियो उत्पादन तथा वितरणमा सक्रिय लुङ्गटो क्रियसनको आधिकारिक युट्युब च्यानल ‘Lungto Creation’ मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपाल ठकुरीले अभिनय गरेका छन्।

दशैँलाई केन्द्रमा राखेर तयार पारिएको गीतले नेपाली समाजमा चाडपर्वको आगमनसँगै देखिने उत्साह, उमंग र सांस्कृतिक वातावरणलाई संगीतमार्फत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। दशैँको समयमा सार्वजनिक हुने गीतहरूले परिवारसँगको भेटघाट, गाउँघरको सम्झना र चाडपर्वको खुसीलाई सांगीतिक रूपमा अभिव्यक्त गर्ने भएकाले यस्ता गीतप्रति श्रोताको विशेष आकर्षण रहने गरेको छ।

गायक हसन राईले यसअघि करिब एक महिनाअघि आफ्नै जिल्लावासी संगीतकार महेश खड्कासँगको सहकार्यमा ‘खोर्सानी खायो मैनाले’ गीत सार्वजनिक गरेका थिए। नेपाली सांगीतिक क्षेत्रमा सक्रिय राईका ‘बुट्टे झोली’, ‘मखमली चोली’, ‘आँखैमा लाउनु पर्दैन’, ‘पैसा कि बैँस’ र ‘यी आँखालाई’ लगायतका दर्जनौँ गीत सार्वजनिक भइसकेका छन्।

गायक राईका अनुसार ‘दशैं आयो’ सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल संगीत प्लेटफर्ममा चर्चा बटुल्न थालेको छ। दशैँको माहोल सुरु भएसँगै सार्वजनिक भएको यस गीतले चाडपर्व लक्षित गीतहरूको सूचीमा थप आकर्षण ल्याउने अपेक्षा गरिएको छ।

https://www.youtube.com/watch?v=UQXXGRRMhvQ