२ आश्विन २०८३, शुक्रबार
,
Latest
आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने पर्साबाट दश लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद युरेनियम र रेयर अर्थ उत्खननका लागि कुनै अनुमति दिइएको छैन : महानिर्देशक नापित प्रचण्डको आक्रोश–‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे सीआईबीको नियन्त्रणमा



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संञ्जिब पाण्डेलाई नियन्त्रणमा लिएको छ ।

एन्फा स्रोतका अनुसार उहाँहरु दुबैलाई आज बिहान बयानलाई बोलाएर सीआईबीले नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गत बुधबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल राजीनामाको लागि दबाब दिइएको तर नेम्वाङले राजीनामा नदिएपछि उहाँलाई दवाब दिन कोषाध्यक्ष र लेखापाललाई नियन्त्रण लिएको जनाईएको छ ।

स्रोतका अनुसार मन्त्रालयले तयार पारेको राजीनामा पत्रमा नेम्वाङलाई हस्ताक्षर गर्न भनिएको र नेम्वाङ त्यसमा सहमत नभएको स्रोतले जनाएको छ ।

आफ्नो अडानबाट नेम्वाङ टसमस नभएपछि अन्तिममा तीन दिनको म्याद दिइएको स्रोतको दाबी छ । जवाफमा नेम्वाङले एन्फामाथिको विषय अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ (एएफसी) सँग समेत सम्बन्धित भएकाले आफूले तत्काल राजीनामा दिन नमिल्ने जानकारी गराएका थिए ।

फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै जुन २५ देखि एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।