काठमाडौं । सूर्य नेपाल प्रा. लि.को सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रा. लि. ले नयाँ उत्पादनका रूपमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक गरेको छ।
नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध एउटै प्याकमा समावेश गरिएको कम्पनीले जनाएको छ।
परम्परागत सुगन्धलाई आधुनिक अनुभवसँग जोड्दै नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखेर उत्पादन विकास गरिएको कम्पनीको भनाइ छ। अगरबत्ती चारकोलरहित हुनुका साथै लामो समयसम्म टिकिरहने सुगन्ध यसको प्रमुख विशेषता रहेको जनाइएको छ।
एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मूड वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन्।
सूर्य नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गौरव तायलले मङ्गलदीप सेन्ट ३ इन १ ले नेपाली उपभोक्ताका लागि नवीन र सोचविचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताउनुभयो।
मङ्गलदीप अगरबत्तीको क्षेत्रमा लामो समयदेखि स्थापित ब्रान्डका रूपमा रहेको जनाउँदै कम्पनीले सेन्ट ३ इन १ मार्फत परम्परा र आधुनिक सुगन्ध अनुभवलाई एकै ठाउँमा ल्याइएको जनाएको छ।
मङ्गलदीप सेन्ट ३ इन १ रु. १०० र रु. २०० का प्याकमा उपलब्ध हुनेछ। उत्पादन नेपालभरका किराना पसल, जनरल ट्रेड तथा मोडर्न ट्रेड आउटलेटहरूमा बिक्री हुने कम्पनीले जनाएको छ।
मङ्गलदीपको पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरलगायत विभिन्न सुगन्धका अगरबत्तीहरू रहेका छन्।








