२ आश्विन २०८३, शुक्रबार
,
Latest
आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने पर्साबाट दश लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद युरेनियम र रेयर अर्थ उत्खननका लागि कुनै अनुमति दिइएको छैन : महानिर्देशक नापित प्रचण्डको आक्रोश–‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस



अ+ अ-

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरुमा राजदूतको लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैंठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तीको लागि सिफारिस गरिएको हो । परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरुलाई राजदूत नियुक्तीको लागि सिफारिस गरेको जानकारी दिनुभयो ।

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाईको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ । अग्रिमा आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नुहुनेछ ।

प्रस्तावित राजदूतहरू

१. डा. निश्चलनाथ पाण्डे — भारत का लागि प्रस्तावित राजदूत

२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत

३. चिरनजंग थापा -संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत

५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत

६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत

७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत

८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत

९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत

१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत

१२. डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत

१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत