३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

युरेनियम र रेयर अर्थ उत्खननका लागि कुनै अनुमति दिइएको छैन : महानिर्देशक नापित

युरेनियम र रेयर अर्थ उत्खननका लागि कुनै अनुमति दिइएको छैन : महानिर्देशक नापित
अ+ अ-

काठमाडौं । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितले युरेनियम, रेयर अर्थ एलिमेन्ट, रणनीतिक तथा रेडियोधर्मी खनिजको उत्खननका लागि विभागले हालसम्म कुनै अनुमति पत्र जारी नगरेको स्पष्ट पार्नुभएको छ ।

शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो ।

समितिको छलफलमा नेपालमा रहेको युरेनियम खानी विदेशी मुलुकलाई दिइएको भन्ने विषय उठेपछि महानिर्देशक नापितले विभागबाट त्यस्तो कुनै अनुमति नदिइएको स्पष्ट पार्नुभयो ।

उहाँले युरेनियमलगायत रणनीतिक तथा संवेदनशील खनिजका विषयमा स्पष्ट कानूनी मार्गदर्शन आवश्यक रहेको बताउँदै प्रस्तावित खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकमै यससम्बन्धी स्पष्ट व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

‘युरेनियम मात्रै होइन, रेयर अर्थ एलिमेन्ट, रणनीतिक खनिज र रेडियोधर्मी खनिजमा विभागले आजसम्म कुनै अनुमति पत्र जारी गरेको छैन,’ उहाँले भन्नुभयो ।

महानिर्देशक नापितले नेपालमा खानी तथा खनिज क्षेत्रको विकासका लागि अन्वेषण तथा उत्खननका अनुमति पत्र जारी गर्ने प्रक्रियालाई अत्यधिक नियन्त्रणमुखी बनाउन नहुने बताउनुभयो । उहाँका अनुसार हाल करिब १६६ वटा उत्खनन र ४५० वटा खोजतलासका अनुमति पत्र जारी भएका छन् ।

खनिज उत्खननलाई उद्योग र मूल्य अभिवृद्धिसँग जोड्न सके मात्रै मुलुकले त्यसबाट पर्याप्त आर्थिक लाभ लिन सक्ने उहाँको भनाइ छ । नेपालमै खनिज प्रशोधन गरी उच्च मूल्यका उत्पादनका रूपमा बजारमा लैजाने नीति आवश्यक रहेको उहाँले बताउनुभयो ।

साना आकारका खानी तथा स्थानीय समुदायसँग प्रत्यक्ष जोडिएका परियोजनाका लागि अनुमति प्रक्रिया सरल बनाउनेतर्फ विभागले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया पूरा भएको अवस्थामा साना खानीका अनुमति पत्र एक साताभित्र जारी गर्न सकिने गरी टेम्पलेट र प्रक्रियागत सरलीकरण गर्न खोजिएको उहाँले बताउनुभयो ।

महानिर्देशक नापितले खानी तथा खनिज पदार्थ ऐनसँगै वन तथा सार्वजनिक जग्गासम्बन्धी कानूनसमेत आकर्षित हुने भएकाले कतिपय खानी सञ्चालनमा अन्तरसम्बन्धित कानूनी समस्या देखिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार एउटै स्थानमा वन ऐन, वातावरणसम्बन्धी कानून र खानीसम्बन्धी कानून एकसाथ लागू हुने अवस्था रहेकाले यस्ता ‘क्रसकटिङ इस्यु’लाई एकीकृत रूपमा समाधान गर्न आवश्यक छ ।