पहिरोले घरखेत बगाउँदा बस्ती सारिन्, भूकम्पले घर भत्काउँदा नयाँ ठड्याइन्, तर अहिले त्रिशूलीको बाढीले घरखेतसँगै परिवारका ६ जनालाई बगाएपछि नुवाकोट बेत्रावतीकी ५७ वर्षीया सावित्री तामाङ उभिन सकेकी छैनन् । यो उमेरमा परिवार, घरबार र सम्पत्ति सबै गुमाएकी उनी भन्छिन्– अब जीवन कहाँबाट सुरु गर्ने ?
गिरिराज बाँस्कोटा, तारा चापागाईं, राधिका अधिकारी र सञ्जिता खनाल
सरकारले निर्माण गरिरहेका आधारभूत अस्पतालबारेको यो दोस्रो स्टोरी हो । यसको पहिलो भाग : दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
हरेक पालिकामा कम्तीमा एउटा अस्पताल चलाउने अवधारणाअनुरूप सरकारले आधारभूत अस्पताल निर्माण गरिरहेको छ । तर अहिलेसम्म जति अस्पताल सञ्चालनमा आएका छन्, तिनले सीमित डाक्टर–स्वास्थ्यकर्मी र न्यूनतम उपकरणबाट सेवा दिइरहेका छन् । कतिपय ठाउँमा त अस्पताल भवन बने पनि जनशक्ति र उपकरण जुटाउन नसकेर पालिकाले सेवा दिन नै थालेका छैनन् ।
सन् १९९२ को जलवायु परिर्वतन महासन्धि र सन् २०१५ को पेरिस सम्झौताका प्रावधानहरूलाई अन्तर्राष्ट्रिय अदालतले थप न्यायिक व्याख्या गर्दै जलवायु परिवर्तनलाई मानव अधिकार र दायित्वसँग जोडेको छ ।
काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा लोकतान्त्रिक व्यवस्था निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सबै राजनीतिक दलहरूको आन्तरिक एकता कमजोर बन्दै गएको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौँ। अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) का लगातार तेस्रो जित निकाल्दै सीधै फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । केडिया ग्रुपको आयोजनामा भइरहेको