• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर)



मुस्ताङ नेपालको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ ।

करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ ।

यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ ।

यसको करिब करिब बिच भाग भएर काली गण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन् ।

यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो । (तस्बिरहरू : अर्चना झा/रासस)

माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका–१ मा अवस्थित छोसेर गुफा । यो गुफा पाँच तलाको र यहाँ करिब ५२ ओटा कोठाजस्ता स–साना गुफा रहेको बताइन्छ । यो गुफा अवलोकनका लागि रु १०० को टिकट लिनु पर्दछ ।
मुस्ताङ जिल्लाको मार्फामा गरिएको स्याउ खेती । स्याउ खरिद गर्नका लागि पछिल्लो समय व्यवसायीहरु मार्फामा नै पुग्ने र यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकिर्षत भएका छन् ।
मुस्ताङको कागबेनीस्थित काली र गण्डक नदीको दोभानमा पितृ तर्पण गर्दै तीर्थालुहरु । मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरु यहाँ पितृलाई तर्पण दिएर जाने गर्छन् ।
मुस्ताङको कागबेनीमा शालग्राम खरिद गर्दै भक्तजन । विष्णु भगवानको साक्षत स्वरुप मनिने शालग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ ।