४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर)

हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर)
अ+ अ-

मुस्ताङ नेपालको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ ।

करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ ।

यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ ।

यसको करिब करिब बिच भाग भएर काली गण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन् ।

यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो । (तस्बिरहरू : अर्चना झा/रासस)

माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका–१ मा अवस्थित छोसेर गुफा । यो गुफा पाँच तलाको र यहाँ करिब ५२ ओटा कोठाजस्ता स–साना गुफा रहेको बताइन्छ । यो गुफा अवलोकनका लागि रु १०० को टिकट लिनु पर्दछ ।

मुस्ताङ जिल्लाको मार्फामा गरिएको स्याउ खेती । स्याउ खरिद गर्नका लागि पछिल्लो समय व्यवसायीहरु मार्फामा नै पुग्ने र यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकिर्षत भएका छन् ।

मुस्ताङको कागबेनीस्थित काली र गण्डक नदीको दोभानमा पितृ तर्पण गर्दै तीर्थालुहरु । मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरु यहाँ पितृलाई तर्पण दिएर जाने गर्छन् ।

मुस्ताङको कागबेनीमा शालग्राम खरिद गर्दै भक्तजन । विष्णु भगवानको साक्षत स्वरुप मनिने शालग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ ।