१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलो रोबोट ! तिम्रो नाम के हो ?



अ+ अ-

हेलो रोबोट !
तिम्रो नाम के हो ?

न्युटन स्कुलका रिपेक्स कार्कीले रोबोटको छेउमा पुगरे जिस्कँदै उसको नाम सोध्नुभयो । मानव आकृतिको रोबोटले आफ्नै परिचय दिँदै गयो । कार्कीले सुनेर रमाइलो मान्दै अरु थप जिज्ञासा राख्न थाल्नुभयो । यतिबेला बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डमा भइरहेको ‘स्टार्टप एण्ड आइडिया फेस्ट–२०२४’ मा रोबोटसँग भलाकुसारी गर्न पाउँदा युवाहरूको आकर्षण बढेको छ ।

खासगरी विद्यार्थीहरूले रोबोटको रमाइलो खेलसँगै ज्ञान आर्जन गर्ने अवसर पाएका छन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको फेस्टमा रोवटिक्स एकेडेमी अफ नेपालद्वारा निर्मित पाँच वटा रोबोट प्रदर्शनमा राखिएका छन् । भोटिङ सिस्टम रोबोट तीन वटा राखिएका छन् भने ‘इन्फ्रमेसन डिस्प्ले’ रोबोट, ‘टकिङ एसिस्टेन्स’ रोबोट छन् ।

सबैभन्दा आकर्षणको केन्द्र टकिङ एसिस्टेन्स रोबोट रहेको छ । जुन भाषामा जे प्रश्न सोध्यो उही उत्तर दिनसक्ने सफ्टवेयर जडान भएकाले यसलाई टकिङ एसिस्टेन्स रोबोट नामकरण गरिएको रोवटिक्स एकाडेमी अफ नेपालका रोवटिक्स इञ्जिनीयर अविरल भण्डारीले बताउनुभयो ।

करिब चार महिना लगाएर टकिङ एसिस्टेन्स रोबोट निर्माण गरिएको भण्डारीले जानकारी दिनुभयो । “पछिल्ल्लो समय मान्छे एक्लो भइरहेको छ । आइपरेका समस्यालाई सुल्झाउन साथी खोज्नुपर्ने झण्झट छँदैछ । व्यस्त समयमा मानिसले एकअर्कालाई समय दिन नपाउँदा मानिस एक्लो बन्दै गएको छ”, उहाँले भन्नुभयो ।

समयको सदुपयोगलाई ध्यानमा राखेर सहज रूपमा सहकार्य गर्ने र कुराकानी गर्ने रोबोट निर्माण गरिएको इञ्जिनीयर भण्डारीले सुनाउनुभयो । मानवीय एक्लोपन हटाउन यो रोबोटले धेरै हदसम्म सहयोग गर्ने उहाँको भनाइ छ । “टकिङ रोबोटमा जे प्रश्न जुन भाषामा सोध्यो त्यही उत्तर दिने सहजता छ । साथै यसमा कार्ड स्क्यानरदेखि किनमेलका सामग्रीको जानकारीसमेत पाउन सकिने प्रणाली जडान गरिएको छ”, उहाँले भन्नुभयो, “एउटै रोबोटले कुराकानी गर्ने, सूचना दिनेदेखि किनमेलमा सघाउँछ । यसले समयको पनि बचत गर्ने विश्वास लिएका छौँ ।”

रोबोट एकेडेमी अफ नेपालका एआई इञ्जिनीयर तेजस कट्वालले घरायसी प्रयोजन (हाउस होल्ड) का लागि बनाइएका रोबोट बढी लोकप्रिय हुँदै गएका बताउनुभयो । “खाना पकाउनेदेखि खुवाउनेसम्मका प्रक्रियामा रोबोट सहयोगी छन् । कोभिड महामारी जस्तो स्वास्थ्य सङ्कटका बेलामा रोबोटलाई ज्वरो मापन गर्ने यन्त्रका रूपमा प्रयोगमा ल्याउँदा सहज भएको थियो”, उहाँले भन्नुभयो । एकाडेमी स्वास्थ्यमा सेवा पुर्‍याउने किसिमका नर्स रोबोट बनाउने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।

कक्षा ८ का विद्यार्थी निसान थापामगर रोबोट मेसिनले मानवीय जीवनमा पु¥याउने सहजता देखेर उत्साहित देखिनुहुन्थ्यो । भविष्यमा इञ्जिनीयर बन्ने सपना बोक्नुभएका उहाँले रोबोट निर्माण गर्न आइटी ज्ञान प्रशस्त हुनुपर्ने जानकारी लिनुभएको थियो ।

कार्यक्रममा रोबोट मात्रै नभई मानवीय जीवन व्यवस्थित बनाउने खालका थुप्रै सिर्जनात्मक सीपमूलक उत्पादन प्रदर्शन गरिएका छन् । धुम्रबराह माध्यमिक विद्यालयकी कक्षा ९ की विद्यार्थी निरुता मगरले वातावरण प्रदूषण न्यूनीकरण गर्न बायोग्यास उत्पादन गर्ने तरिका नमुनाका रूपमा प्रस्तुत गर्नुभएको छ । “बायोग्यासले पारिस्थितिक प्रणाली ९इकोसिस्टम० मा निकै फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “यसको महत्व हामीले पहिला बुझ्न सकेनौँ । त्यही बुझाउन नमुना (डेमो)देखाएका छौँ ।”

मगरको प्रस्तुतिमा बायोग्यास प्रयोग गर्न सके वायु प्रदूषण रोकिने, वनजङ्गलको संरक्षण हुने र राज्यको अर्थतन्त्रमासमेत सुधार आउने आधार झल्किन्छन् । बायोग्यासका थुप्रै फाइदा हुँदाहुँदै पनि प्रयोग नभएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “राम्रो कामको सुरुआत हामी युवाले नै गर्नुपर्छ भन्ने लागेर नमुना प्रस्तुत गरेकी हुँ ।”

आइटीसम्बन्धी सिर्जनात्मक ज्ञान आर्जन गराउने उद्देश्यले फेस्ट कार्यक्रम आयोजना गरिएको लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बताउनुभयो । कार्यक्रमले यसवा तथा विद्यार्थीलाई सकारात्मक सन्देश दिने अपेक्षा लिइएको उहाँले उल्लेख गर्नुभयो । रासस




भर्खरै