१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु

०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु
अ अ+ अ-

काठमाडौँ । वि.सं. २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा वृहत फोटो प्रदर्शनी गरिएको छ ।

खानी तथा भूगर्भ विभाग र सम्भायिका समाज नेपालको संयुक्त आयोजनामा विभागको प्राङ्गणमा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा वृहत फोटो प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा ०७२ सालमा गोरखा भूकम्पका क्रममा खिचिएका फोटोहरु राखिएको थियो । साथै अघिल्लो वर्ष जाजरकोट र बझाङमा गएको भूकम्पका क्रममा खिचिएका र संकलन गरिएका फोटोहरु पनि प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पलाई बिर्सिने गरिएको भन्दै विगतमा भूकम्पले गरेका क्षति देखाउँदै यसप्रति सचेत गराउनका लागि प्रदर्शनी गरिएको बताउनु भयो । उहाँले नेपाल भूकम्पको जोखिममा रहेको देश भएको भन्दै यो कुरालाई बुझाइराख्न र भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि सचेत गराउनका लागि फोटो प्रदर्शनी गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विद्यालयका पाठ्यक्रमहरुमा भूकम्प सम्बन्धी शिक्षा करिव करिव राखिएकै छैन जस्तो छ । यिनै कुराहरुलाई मध्येनजर गर्दाखेरी कम्तिमा हामीले हाम्रो देश भूकम्पीय जोखिममा छ । जहाँ जहिल्यै, जतिसुकै बेलामा पनि ठूला भूकम्प जान सक्छन् । साना गइरहेका छन् । अत्यन्त जोखिम भएको अवस्थामा हामी सुसुचित नभएसम्म हामीले बनाउने संरचना सुरक्षित हुँदैनन् । र हामी त्यसबाट जोगिन सक्दैनौँ । भुकम्पको क्षति ठूलो हुन्छ भन्नेकुरालाई मध्येनजर गरेर ०७२ सालमा गोरखाको भूकम्पमा खिचिएको फोटोहरु जुन अहिलेसम्म प्रकाशित भएका थिएनन् तिनै फोटाहरु । खानी विभागकै प्राविधिकहरु फिल्डमा जाँदाखेरी जाजरकोट भुकम्प, बझाङ भुकम्प लगायतका स्थानमा संकलन गरेका, खिचेका फोटोहरु राखेर सम्भायिका समाज नेपालसँगको संयुक्त आयोजनामा एक दिने वृहत फोटो प्रदर्शनी गरियो । यि फोटाहरुले फेरि हाम्रो मानसपटलमा झक्झकाओस् कि हामी जोखिम ठाउँमा छौँ भनेर ।’

डा. अधिकारीले शहरमा भवन आचारसंहिता अनुरुपको घरहरु बनेपनि गाउँघरमा भने भवन आचारसंहिताको पालना नगरेको देखिएको बताउनु भयो । उहाँले आगामी दिनमा भवन असुक्षित बनाउन नदिन राज्यले सोच्नुपर्ने बताउनु भयो ।