१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ

जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ
अ अ+ अ-

काठमाडौं: लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दामा फरार रहेका तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिरहाको मिर्चैया नगरपालिका–५ बाट पक्राउ परेका २५ वर्षीय किसन साह जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासत कक्षबाट भागेका थिए। उनी लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा रहेका थिए। साहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको छ।

त्यसैगरी, महेन्द्रनगरस्थित लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का २८ वर्षीय विक्रम सिंह नायक लाई पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरबाट लागुऔषध मुद्दामा एक वर्ष कैद सजाय तोकिएपछि उनी फरार रहेका थिए। पक्राउ परेका नायकलाई जिल्ला कारागार कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, सुर्खेतस्थित लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ का २३ वर्षीय अर्जुन बादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत सुर्खेतबाट लागुऔषध मुद्दामा एक महिना १५ दिन कैद सजाय तोकिएपछि उनी फरार रहेका थिए। उनलाई पक्राउ गरी जिल्ला कारागार सुर्खेत बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।