१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
अ अ+ अ-

काठमाडौँ। जापानमा भएको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाउने नेपाली राष्ट्रिय महिला कबड्डी टोली आज स्वदेश फर्किएको छ ।

मानमती विष्टको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राखेप सदस्यहरु सिक्का सुवाल श्रेष्ठ, ललिता नाथ, मोनालिसा खम्बुलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।

एसियाडमा समूह ‘बी’ मा रहेको नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनल खेलमा भारतसँग पराजित भएसँगै नेपालले कास्य पदक प्राप्त गरेको थियो ।

सेमिफाइनल खेलमा भारतसँग नेपाल ४८–२४ अङ्कले पराजित भएको हो । त्यसअघि नेपालले समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो ।

त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । यसअघि चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत नेपाली महिला कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।