१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट

दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट
अ अ+ अ-
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर भएको बताउनुभएको छ ।
महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किनुका साथै अन्य संरचनामा क्षति पुगेर आवागमन रोकिएपछि आज दिउँसो स्थलगत अनुगमनका क्रममा त्यहाँ पुग्नुभएका मुख्यमन्त्री भट्टले सिङ्गो प्रदेशको पर्यटकीय मेरुदण्डका रुपमा रहेको पुललाई अलपत्र पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“यो हाम्रो स्वाभिमान र पहिचानको प्रतीक हो । दोधारा–चाँदनीको आर्थिक स्मृतिसित जोडिएको पनि छ”, उहाँले भन्नुभयो, “पुल पुनर्निर्माणका लागि सङ्घ सरकार र प्रदेश सरकारबीच घनिभूत संवाद भइरहेको छ । यो पुल फेरि पनि गर्वको प्रतीक बनिरहोस् ।”
मुख्यमन्त्री भट्टले भत्किएको भागको पुनर्निर्माणका साथै प्राविधिक रूपले सुरुदेखि पुलको अन्तसम्मका सबै पिल्लर संरचना जाँच हुनुपर्नेमा जोड दिनुभयो । “यो पुलले व्यहोरेको पीडामा तपाईंहरूसित हामी एकाकार छौँ”, उहाँले भन्नुभयो, “सङ्घले पुनर्निर्माण गर्ने अवस्थामा प्रदेश सरकारले सबै प्रकारको वातावरण र सहयोग गर्नेछ । पुललाई जीवन्त राखेर अगाडि बढ्छौँ ।”
मुख्यमन्त्री भट्टसँगै अनुगमनमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल र आर्थिक मामिला राज्यमन्त्री जानकी बम ऐरलगायतको सहभागिता थियो ।