१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित

भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित
अ अ+ अ-

कास्की। घरेलु टोली गण्डकी प्रदेशले नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यास खेलमा लगातार दोस्रो पटक पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले भुटानलाई ६४ रनले पराजित गरेको हो । यसअघि मङ्गलबार सम्पन्न खेलमा समेत गण्डकी प्रदेशले भुटानलाई पराजित गरेको थियो ।

आजको खेलमा टस जितेर भुटानले पहिला बलिङ रोजेपछि गण्डकी प्रदेशले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९६ बनायो । जितका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको भुटानी टोेलीले १७ ओभरको चौथो बलमा सवै विकेट गुमाएर एक सय ३२ रन बनायो ।

गण्डकी प्रदेशका लागि करन पगेनीले २७ बलमा एक चौका र पाँच छक्का हान्दै ४५ रन बनाए । यस्तै सिब्रिन श्रेष्ठले २४ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए । सन्दीप खत्री क्षेत्रीले नौ बलमा अविजित ३० रन बनाए । यस्तै मुस्कान थापामगरले २१ तथा रोहित चन्दले २० रन बनाए ।

बलिङतर्फ भुटानका थिन्ले जम्त्सोले चार, सोनाम येशेले दुई तथा नाम्गे थिन्लेले एक विकेट लिए ।

यसैगरी भुटानका लागि एक सय ३२ रन बनाउने क्रममा सोनाम छोपेलले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा छ चौका र दुई छक्का प्रहार गरे । यस्तै ताशी दोर्जीले ३१, तेन्जिन राब्गेले २१ र थिन्ले जम्त्सोले १७ रन बनाए ।

बलिङतर्फ गण्डकीका विपिन खत्रीले चार, दीपकप्रसाद डुम्रेले तीन र सिब्रिन श्रेष्ठले दुई विकेट लिए । उक्त खेलमा गण्डकीका सिब्रिन श्रेष्ठ ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

भुटानले अब नेपाल क्रिकेट सङ्घ (क्यान–११) सँग दुई खेल खेल्ने छ । भुटानको टोली आगामी अक्टोबरमा मलेसियामा हुने आइसीसी पुरुष टी–२० विश्वकपको एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको तयारी गर्न नेपाल आएको हो ।

विदेशी टोली पोखरामा क्रिकेट खेल्न आएसँगै यहाँको क्रिकेट विकासका साथै पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।  रासस