२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

माधव नेपालको घुर्कीले दाहाल र ओली दिक्क, गठबन्धन छाडेर जान दिए चुनौती !

माधव नेपालको घुर्कीले दाहाल र ओली दिक्क, गठबन्धन छाडेर जान दिए चुनौती !
अ अ+ अ-

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा १० सिट लिएर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चर्को दबाबमा परेका छन् । गठबन्धनको बैठकमा जहिल्यैसुकै मान र आफ्नो हैसियतभन्दा ठूलो भाग खोज्ने गरेका अध्यक्ष नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन छाडेर जान चुनौती दिएपछि दबाबमा परेका हुन् ।

पूर्वप्रधानमन्त्री भइसकेका नेता नेपाल पछिल्लो समयमा गठबन्धनमा निकै मान खोज्ने गरेका थिए । उनले अहिलेको सत्ता समीकरण जोगाउन आफ्नो ठूलो हात रहेको दाबी गर्दै मान खोज्ने गरेका हुन् । प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीसँगको छलफलमा पनि अध्यक्ष नेपालले भाउ खोज्ने गरेका थिए । गठबन्धन टिकाउन आफ्नो दल निर्णायक भूमिकामा रहेकाले उनले दाहाल र ओलीलाई राजनीतिक नियुक्तिमा दबाब दिने गरेका थिए ।

अध्यक्ष नेपालले कहिले राष्ट्रिय सभाको उपाध्यक्ष आफ्नो दलका नेतालाई बनाउनुपर्ने त कहिले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा पनि आफूले भनेकै व्यक्तिलाई पठाउनुपर्ने अड्डी कस्ने गरेका थिए । त्यति मात्र नभएर अहिले दुई जना सांसद्लाई मन्त्री बनाउन सफल भएका उनले थप एक मन्त्रालयले दिनुपर्ने दबाब प्रधानमन्त्री दाहाल र ओलीलाई दिने गरेका थिए ।

संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति होस् वा प्रदेशमा समीकरण परिवर्तनका विषयमा हुने छलफलमै किन नहोस् अध्यक्ष नेपालले आफ्नो पार्टीको हैसियतभन्दा बढी माग गर्ने गरेका थिए । कतिसम्म भने प्रदेशको एउटा मुख्यमन्त्री आफ्नो दललाई नदिए संघीय गठबन्धन धरापमा पर्ने चेतावनी उनले दिएका थिए । जबकी नेपालको दल एकीकृत समाजवादीको कुनै पनि प्रदेशमा पहिलो, दोस्रो त होइन तेस्रो दलको हैसियतमा पनि छैन । त्यति गर्दा पनि उनले मुख्यमन्त्री दाबी गर्न कहिल्यै छाडेनन् ।

केही दिनअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले बालुवाटारमा भएको तीन जना शीर्ष नेताहरुको बैठकमा यो गठबन्धन आफ्नो त्यागका कारण मात्र टिकेको र आफ्नै त्यागले मात्र बनेको समेत भन्न भ्याए । उनले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरे पनि अस्वीकार गरेर अहिलेको गठबन्धनलाई टिकाएको दाबी उनले गरे । हैसियतभन्दा ठूलो कुरा गर्ने र जुनसुकै विषयमा अड्को मात्र थाप्न थालेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली वाक्कदिक्क भइसकेका थिए ।

त्यही क्रममा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धनमा असहज भए छाडेर जान चुनौती दिए । दाहाल र ओलीले आफूलाई फकाउलान् भन्ने उद्देश्यले घुर्की लगाइरहेका नेपाललाई गठबन्धनमा असहज भए छाडेर जान र कांग्रेसले प्रधानमन्त्री बनाइ दिने भए प्रस्ताव स्वीकार गर्न चुनौती दिए । त्यसपछि अध्यक्ष नेपाल फन्किएर बालुवाटारबाट बाहिरिएका थिए । उनले आफूलाई दाहाल र ओलीले अपमान गरेको भन्दै असन्तोष व्यक्त गरे । यसबारेमा उनले तत्काल पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरे । त्यति मात्र होइन, अब गठबन्धन छाड्नुपर्ने प्रस्तावसमेत राखे ।

अध्यक्ष नेपालले पार्टी सरकारबाट फिर्ता हुनुपर्ने भन्ने पक्षमा आफ्नो राय दिए । तर बैठकमा यस विषयमा एकमत हुन सकेन । नेता झलनाथ खनालले अहिलेको गठबन्धन प्रगतिशील भएकाले मिलेर अघि बढ्नुपर्ने बताए । नेकपा एकीकृत समाजवादीका तर्फबाट सामान्य प्रशासन मन्त्री भएका भानुभक्त जोशी र शहरी विकास मन्त्री बनेका धनबहादुर बुढाले सरकारबाट कुनै हालतमा बाहिरिनु नहुने तर्क गरे । सरकारबाट बाहिरिँदा आफ्नो पार्टी नै जोगाउन नसक्ने अवस्था आउने चेतावनी उनीहरुले दिए । अन्य नेताहरुले पनि सरकारमा हुँदा वा नहुँदा पनि पार्टीमा समस्या देखिइसकेको बताए ।

संघीय सत्ता गठबन्धनमा आफ्नो पार्टीले समर्थन गरे पनि र फिर्ता लिए पनि खासै अर्थ नहुने बुझेपछि नेपालले सुदूरपश्चिम प्रदेश सरकार गठनमा विपक्षीको कित्ता रोज्न लगाए । उनले सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादीलाई टक्कर दिन सके फेरि दाहाल र ओलीलाई झुकाउन सकिने अपेक्षा थिए । त्यही अनुसार कांग्रेस र राप्रपाको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारीमा रहेका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्न लगाए । तर उनले भने जस्तो सहजै सुदूरपश्चिममा गठबन्धनलाई अप्ठ्यारो परेन । प्रधानमन्त्री दाहालसँग छलफलपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिममा लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता गर्न लगाए ।

प्रधानमन्त्रीसँगको छलफलमा खनालले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई दिने सहमत गराएका छन् । सम्भवत: अब गठबन्धन दलका तर्फबाट समाजवादीका नेता दीर्घराज सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् । तर यसमा माधवकुमार नेपालको कुनै हात नरहेको बताइएको छ । पार्टीभित्रै पनि नेपाल झन् अप्ठ्रोमा परेका छन् । आफैंले गठबन्धन तोडेर सुदूरपश्चिममा कांग्रेस–राप्रपा–नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने निर्णय गराएका नेपाल अब कति दिन अपमान रहेरै गठबन्धनमा बस्छन् भन्ने चाहिँ यकीन छैन । तर उनलाई गठबन्धनबाट बाहिर निस्कन अब निकै कठीन चाहिँ निश्चय नै भएको छ । योसँगै नेपालले अब के गर्छन् भन्ने अन्योल पनि देखिएको छ ।