२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्याली पब्लिकका तीनै टोली विजयी



अ+ अ-

काठमाडौं। आयोजक भ्याली पब्लिक हाई स्कुलका तीनै टोलीले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सुखद सुरुआत गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा शुक्रबारदेखि सुरु प्रतियोगितामा भ्याली पब्लिकको सिनियर गल्र्समा दुई तथा जुनियर र सिनियर ब्वाइजको तीनै टोलीले जित निकालेका हुन् । सिनियर गल्र्समा भने भ्याली पब्लिक ‘ए’ र ‘बी’ दुवैले सुखद सुरुआत गरे । गल्र्समा समूह ‘ए’ मा रहेको आयोजक ‘ए’ ले टिआएलाई ३२–२५ ले हरायो ।

आयोजक भ्याली पब्लिका लागि लोरिसा गौचनले सर्वाधिक ११ स्कोर गरिन् । समूह ‘एच’ मा रहेको भ्याली पब्लिक ‘बी’ ले पनि जित आत्मसात् ग¥यो । आयोजक ‘बी’ ले इडन ब्रिज एकेडेमीलाई २२–१७ स्कोरले हरायो । आयोजक ‘बी’ की सानीमाया तामाङले सर्वाधिक १० अंक जोडिन् । सिनियर र जुनियर ब्वाइज दुवैमा भ्याली पब्लिकले भद्रकालीलाई हराएको हो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिक ‘ए’ ले भद्रकालीलाई ४७–३२ ले पराजित गर्यो। आयोजकका अशोकले विकले २६ सर्वाधिक स्कोर दिलाए । समूह ‘ए’ मा आयोजकको ‘ए’ टोली र भद्रकालीसहित बेलमन्ट र ग्रिनल्यान्ड छन् । जुनियर ब्वाइजमो भ्याली पब्लिकले भद्रकालीलाई १४–९ स्कोरले हरायो । आयोजकका लागि पूर्णराज तामाङ एक्लैले ९ स्कोर गरे ।

यस समूह ‘एफ’ मा यी दुई टोलीसँगै एन्जल हार्ट र राजन मेमोरियल छन् । यसै विधामा इडन ब्रिजले सेन्ट जोशेफलाई २१–१५ र बिएनएले बिएमसिएलाई ३१–२४, क्यानभासले किङ्डमलाई १८–१४ ले हराए । सिनियर ब्वाइजमा हेराल्डले भ्याली ‘बी’ लाई १९–१४, रेडियन्टले सेन्ट जोसेफलाई २०–१६ र जिनियस वल्र्डले क्यानभासलाई २७–२२ ले हराए ।

सिनियर गल्र्सतर्पm हिमशीलाले क्यानभासलाई १८–१४, फेरिल्यान्डले नेक्ससलाई १४–९ र त्रिज्योतिले एन्जल्स एनएचएसलाई १८–१३ स्कोरले हराउँदै विजयी सुरुआत गरेका छन् । त्यसअघि प्रतियोगिताको भ्याली पब्लिक हाई स्कुल व्यवस्थापन समितिका अध्यक्ष मेजर लिलबहादुर गुरूङले खेलका रेफ्री दीपेशलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

सो अवसरमा पब्लिक हाई स्कुलको व्यवस्थापन समितिकी सदस्य बबिता सेरचन गौचन, विद्यालयका प्रशासन प्रमुख महेश अधिकारी र खेलकुद इन्चार्ज पूर्ण न्यौपानेलगायत उपस्थित थिए । प्रतियोगिता आगामी मंसिर २९ गतेसम्म हुनेछ ।

सिनियर ब्वाइजमा २९ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । तीनै विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ र ट्रफी पनि पाउनेछन् । प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेअर, बेस्ट थ्री पोइन्टर र सर्वाधिक स्कोरकर्ताले शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सिनियर ब्वाइज र सिनियर गल्र्समा क्रमश ः ग्रिनल्यान्ड र भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर ब्वाइजको उपाधि भने त्रिज्योतिले जितेको थियो । यो प्रतियोगिता २०६१ सालमा पहिलोपल्ट न्यौपानेकै पहलमा सुरु भएको थियो । त्यसयता कोरोना महामारीका समयमा बाहेक नियमित रूपमा उक्त प्रतियोगिता हुँदै आएको छ ।