२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत



अ+ अ-

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चा अधिकार, आत्मसम्मान र स्वायत्तताको लडाइँका लागि निर्माण भएकाले यसलाई टिकाएर अघि बढाइने बताउनुभएको छ ।

शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै राउतले विगतका मधेस आन्दोलन, जनयुद्ध तथा अन्य आन्दोलनहरू सम्झौतामै टुंगिँदा जनताका अपेक्षा पूरा हुन नसकेको दाबी गर्नुभएको हो ।

उहाँले अब अधिकार प्राप्तिका लागि निर्णायक आन्दोलन आवश्यक रहेको बताउनु भयो । राउतले मोर्चा केवल नेताहरूको तहमा सीमित नरहने भन्दै गाउँ–गाउँ र वडा–वडामा संगठन विस्तार गर्नुपर्ने बताउनु भयो ।

पाँच औँला एक ठाउँमा मिल्दा मुठ्ठी बन्ने उदाहरण दिँदै उहाँले अधिकार प्राप्तिका लागि उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायबीच एकता आवश्यक रहेको बताउनु भयो ।

मोर्चा सरकार गिराउने वा बनाउने उद्देश्यले मात्र गठन नभएको दाबी गर्दै जनताको अधिकार, आत्मसम्मान र प्राप्त उपलब्धिको रक्षा गर्नु यसको मुख्य उद्देश्य भएको बताउनु भयो ।

संघीयता, स्वायत्तता र समानुपातिक समावेशिताजस्ता उपलब्धि गुम्न सक्ने खतरा रहेको भन्दै उहाँले त्यसको रक्षाका लागि संगठित हुनुपर्नेमा जोड दिनुभयो ।

राउतले वर्तमान सरकार मधेसको शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वैदेशिक रोजगारी तथा सीमावर्ती जनताको सम्मान र सुरक्षाका सवालमा असफल भएको आरोप लगाउनु भयो । उहाँले सरकारको आलोचना गर्दै मधेसका जनताले आफ्ना अधिकारका लागि आफैँ निर्णायक भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले विगतमा मधेसका मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएका ठूला दलहरूले पर्याप्त काम नगरेको आरोपसमेत लगाउनु भयो । मधेसका समस्या समाधान गर्ने जिम्मेवारी अन्ततः मधेसकेन्द्रित दलहरूकै भएको भन्दै राउतले अन्य दलबाट अधिकार प्राप्त हुने भ्रममा नपर्न आग्रह गर्नुभयो ।

अग्रगामी मोर्चामा विभिन्न राजनीतिक धार, आन्दोलनका अनुभव र नेतृत्वलाई समेटिएको उल्लेख गर्दै उहाँले मोर्चा टिक्ने दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल