२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस



अ+ अ-

जनकपुर: गुठीको नाममा जनकपुरधामका स्थानीयलाई उठीबास लगाउन खोजिएको भन्दै प्रदर्शनकारीहरूले जनकपुरधाममा मसाल जुलुस निकालेका छन् ।

प्रदर्शनकारी सन्तोषकुमार साहले गुठी र सरकारको विरोधमा आन्दोलन शुरु गरिएको बताउनु भयो । नेपालको संविधानले भूमिहीन तथा आर्थिक रूपमा विपन्न नागरिकको व्यवस्थापन गर्ने जिम्मेवारी राज्यलाई दिएको उल्लेख गर्दै उहाँले जनकपुरमा गुठीको आडमा स्थानीयको घरजग्गा हटाउन खोजिएको आरोप लगाउनु भयो ।

साहकाअनुसार काठमाडौँमा ठूलो परिमाणमा गुठीको जग्गा रहे पनि त्यसतर्फ ध्यान नदिई जनकपुरमा मात्रै गुठीको नाममा स्थानीयलाई विस्थापित गर्न खोजिएको छ । यही विषयको विरोधमा मसाल जुलुस निकालिएको उहाँले बताउनु भयो ।

‘गुठीको आडमा जनकपुरका नागरिकलाई उठीबास लगाउन खोजिएको’ भन्दै उनले सरकारले घर भत्काउने तथा तोडफोड गर्ने कार्यक्रम तत्काल रोक्नुपर्ने माग गर्नुभयो । सरकारले आफूहरूको माग सम्बोधन नगरे आन्दोलनलाई थप विस्तार गर्ने चेतावनीसमेत साहले दिनुभएको छ । उहाँका अनुसार पहिलो चरणमा मसाल जुलुसबाट आन्दोलन सुरु गरिएको हो भने आगामी दिनमा थप कार्यक्रम सार्वजनिक गरिनेछ ।

साहले जनकपुरमा मात्रै सीमित नरहने गरी विभिन्न स्थानबाट नागरिकलाई सहभागी गराएर जनकपुर हुँदै काठमाडौंसम्म आन्दोलन गर्ने तयारी भइरहेको दाबी गर्नुभयो । उहाँले सरकारलाई आफूहरूको मागप्रति गम्भीर बन्न आग्रहसमेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल