२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने



अ+ अ-

काठमाडौं, भदौ २७ । संयुक्त राज्य अमेरिकाले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान तथा खोजी कार्यलाई सघाउन नेपाल प्रहरीको डीएनए तथा फरेन्सिक पहिचान क्षमता अभिवृद्धिका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अमेरिकी दूतावासले शुक्रबार जारी गरेको जानकारीअनुसार उक्त रकम अन्तर्राष्ट्रिय नार्कोटिक्स तथा कानून कार्यान्वयन मामिला (INL) कोषमार्फत उपलब्ध गराइनेछ । सहयोगअन्तर्गत पीडितको छिटो पहिचान गर्न र्‍यापिड डीएनए किट लगायत आवश्यक प्रविधि तथा क्षमता विकासमा सहयोग गरिनेछ ।

अमेरिकी दूतावासले अमेरिकी नागरिक तथा बाढीबाट प्रभावित सबैको खोजीमा नेपाल सरकारसँग निरन्तर नजिकबाट सहकार्य गरिरहेको जनाएको छ । आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका परिवारलाई यथाशीघ्र जवाफ उपलब्ध गराउन फरेन्सिक पहिचान क्षमता सुदृढीकरण महत्वपूर्ण हुने दूतावासको भनाइ छ ।

अमेरिकाले यसअघि नै नेपालको बाढी प्रतिकार्यका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको जनाएको छ । उक्त सहयोगमा मानवीय राहत, विपद् प्रतिकार्य सामग्री, प्राविधिक विशेषज्ञता तथा अन्य आवश्यक सहायता समावेश छन् ।

अमेरिकी दूतावासले अमेरिकी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपालमा बाढीबाट प्रभावित सबैको खोज तथा पहिचानमा सहयोग जारी राख्ने जनाएको छ ।