२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने



अ+ अ-

काठमाडौं । काठमाडौँको स्वयम्भूमा रहेको द एक्सेल्सियर स्कुलले रसुवा, नुवाकोट र धादिङमा हालै आएको बाढीबाट प्रभावित परिवारका पाँच विद्यार्थीलाई  पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

बाढीका कारण आर्थिक तथा पारिवारिक कठिनाइमा परेका परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिन छात्रवृत्ति प्रदान गर्न लागिएको स्कुलले जनाएको छ । छात्रवृत्तिले प्रभावित परिवारको आर्थिक भार कम गर्नुका साथै विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु समुदायको साझा जिम्मेवारी भएको स्कुलले जनाएको छ । आवश्यकतामा रहेका परिवारलाई साथ दिँदै पुनर्निर्माण तथा सामाजिक सुदृढीकरणमा योगदान पुर्‍याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको स्कुलको भनाइ छ ।

स्कुलले ‘समुदायको साथमा, समुदायका लागि सहयोग’ भन्ने भावनासहित बाढी प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि समुदायलाई समेत एकजुट हुन आह्वान गरेको छ।