काठमाडौं । काठमाडौँको स्वयम्भूमा रहेको द एक्सेल्सियर स्कुलले रसुवा, नुवाकोट र धादिङमा हालै आएको बाढीबाट प्रभावित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
बाढीका कारण आर्थिक तथा पारिवारिक कठिनाइमा परेका परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिन छात्रवृत्ति प्रदान गर्न लागिएको स्कुलले जनाएको छ । छात्रवृत्तिले प्रभावित परिवारको आर्थिक भार कम गर्नुका साथै विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु समुदायको साझा जिम्मेवारी भएको स्कुलले जनाएको छ । आवश्यकतामा रहेका परिवारलाई साथ दिँदै पुनर्निर्माण तथा सामाजिक सुदृढीकरणमा योगदान पुर्याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको स्कुलको भनाइ छ ।
स्कुलले ‘समुदायको साथमा, समुदायका लागि सहयोग’ भन्ने भावनासहित बाढी प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि समुदायलाई समेत एकजुट हुन आह्वान गरेको छ।









