१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग



अ+ अ-

काठमाडौँ । पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति रु १० लाख प्रदान गरेको छ ।

अस्पताल परिसरमा मङ्गलबार आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा निर्मित उक्त अस्पतालको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्न पाएकामा पाकिस्तान गर्वित रहेको बताउँदै यो सहयोग पाकिस्तान–नेपाल सम्बन्धका निम्ति महत्त्वपूर्ण स्तम्भका रूपमा चिरकालपर्यन्त स्मरणीय रहन्छ भन्नुभयो ।

यहाँस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत हाश्मीले चितवन शिक्षण अस्पतालको भ्रमण गरेर त्यहाँका विद्यार्थीसँग छलफल गर्नुभएको थियो । त्यसअघि उहाँले लुम्बिनीको भ्रमण गरेर लुम्बिनी विकास बोर्ड र लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखसँग बेग्लाबेग्लै छलफल गर्नुभएको थियो । रासस