१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
अ अ+ अ-

काठमाडौँ। “जनचेतना नै मानव बेचबखिनवरिुद्धको शक्तशिाली हतयिार हो” भन्ने मूल मन्त्रका साथ मानव बेचविखन जस्तो जघन्य सामाजिक अपराधको वारेमा माध्यमिक विद्यालय तहमा अध्ययन गर्ने वालवालिकाहरुमा जनचेतना अविबृद्धि गर्ने उद्देश्यले बाल उद्धार अभियान नेपाल (सि.आर.एम, नेपाल) ले माध्यामिक विद्यालय स्तरमा “मानव बेचबिखन बिरुद्ध जनचेतना अभिबृद्धिका लागि युवाहरुको दायित्व” विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि संस्थाले कार्यक्रम सञ्चालन गरेका जिल्लाहरु मध्य गोरखा र चितवनका ७ वटा माध्यामिक विद्यालय स्तरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

रत्नलक्ष्मी मा वि डुम्रीडाँडा, गोरखामा आयोजित उक्त प्रतियोगितामा संस्थाका संस्थापक एवं अध्यक्ष ज्ञान पन्थले अमेरिकाबाट भर्चुअल माध्यमबाट शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

बाल उद्धार अभियान नेपालले अभाव र गरिबीको चपेटामा परेका, टुहुरा, असाहाय पिछडिएका वालवालिकाहरुलाई सहयोग गर्ने, नेपालमा रहेको चरम गरिबी, घरेलु दासत्व, जबरजस्ती बालश्रम, मानव बेचविखन जस्ता सामाजिक अपराधका घटनामा परेकाहरुको उद्धार गर्ने, उक्त कार्यहरुको विरुद्धमा जनचेतना अभिबृद्धि गर्ने, विभिन्न प्राकृतिक विपत्तिहरुमा परेकाहरुलाई मानवीय सेवा प्रदान गर्ने लगायतका विभिन्न कार्यहरु विगत १५ बर्ष देखि गर्दै आएको र विद्यालय स्तरमा आयोजित बक्तृत्वकला प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिने कुरा पन्थले बताए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै यस्तो प्रतियोगिताले विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोग पु¥याउनुका साथै विद्यार्थीहरु र्नै जनचेतना अभिबृद्धिका संबाहक भएको कुरा डाक्टर हिमलाल घिमिरले बताए । साथै उनले प्रतियोगिताका नियमहरु समेत पढेर सुनाए ।

कार्यक्रमका विशेष अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले मानव बेचबिखन विरुद्ध लड्न युवाहरुको जागरण र संलग्नताको ठूलो महत्व रहेको बताए । विद्यालय स्तरमा हुने यस्ता कार्यक्रमले समाजमा जनचेतना अभिबृद्धि हुने भएकोले कार्यक्रमको निरन्तरतालाई प्राथमिकतामा राख्नु पर्ने पनि उनले बताए ।

कार्यक्रमको अन्तमा रत्नलक्ष्मी मा वि का प्रधानाध्यापक बद्रीप्रसाद अर्यालले धन्यवाद ज्ञापन गरेका थिए भने बाल उद्धार अभियान नेपालका एनोश थापाले कार्यक्रम सञ्चालन गरेका थिए । साथै कार्यक्रममा बाल उद्धार अभियान नेपालका उपाध्यक्ष इन्द्र राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र आचार्य, गोरखा नगरपालिकाका वडा न.: ८ का अध्यक्ष ऋषिराम खत्री लगायतको उपस्थिति रहेको थियो ।

बक्तृत्वकला प्रतियोगितामा पालुङटार नगरपालिका ९ स्थित मदनेडाँडा मा वि की एलिसा श्रेष्ठ प्रथम, गोरखा नगरपालिका ८ स्थित रत्नलक्ष्मी मा वि की समिता बस्नेत द्वितीय र सिरानचोक गाउँपालिका ५ स्थित मण्डली मा वि की अनुष्का पोखरेल तृतीय भएका थिए ।

उनीहरुले क्रमश रु १० हजार, ८ हजार र ६ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका अन्य ११ जना सहभागीहरुले पनि रु १÷१ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

सहभागी विद्यालयहरुले कक्षा ९–१२ सम्मका विद्यार्थीहरुको आन्तरिक रुपमा प्रतिस्पर्धा गराएका थिए । सयौं विद्यार्थीहरुको विचमा भएको आन्तरिक प्रतिस्पर्धामा छनौट भएका प्रथम र द्वितीय गरी हरेक विद्यालयबाट २ जना विद्यार्थीले बाल उद्धार अभियान नेपालले आयोजना गरेको अन्तर विद्यालय स्तरको बक्तृत्वकला प्रतियोगितामा भाग लिएका थिए ।

विद्यालयस्तरको आन्तरिक प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुले नगद पुरस्कार क्रमशः रु. ५०००, ३००० र २००० को साथमा प्रमाणपत्र समेत प्राप्त गरेका थिए ।

अन्तर विद्यालय स्तरको बक्तृत्वकला प्रतियोगितालाई सफलता पूर्वक सञ्चालन गर्न डाक्टर हिमलाल घिमिरेले धेरै समय खर्चेर आफ्नो विज्ञता प्रस्तुत गरेर योजना बनाएका थिए । बक्तृत्वकला प्रतियोगिता निस्पक्ष ढंगले सञ्चालन गर्न आवश्यक नियमहरु बनाउने, समयमा नै विद्यार्थीहरुलाई शुसूचित गराउने गरिएको थियो ।

डाक्टर हिमलाल घिमिरेको नेतृत्वमा सिताराम भट्ट र सशीकला थापा रहेको तीन सदस्यको मुल्याङ्कन मण्डल गठन गरिएको थियो । मुल्याङ्कन गर्दा सहभागीले उठाएका विषय वस्तु र मौलिकता, अनुसन्धानमा आधारित तथ्याङ्क, वास्तविक जिवनका उदाहरणहरु, स्पष्टता, आत्मविश्वास, समस्याको साथै समाधानका उपायहरु र हाउभाउ आदीलाई प्रमुख आधार मानेर मुल्याङ्कन गरिएको थियो ।