१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटनको प्रसिद्ध बंगलामुखी मन्दिर, बिहीबार दर्शनार्थीको भीड



अ+ अ-

काठमाडौं । ललितपुर जिल्लाको महत्वपूर्ण शक्तिपीठ हो– बंगलामुखी मन्दिर । प्रायः दैनिक जसो भक्तजन दर्शनका लागि बंगलामुखी पुग्ने गरे पनि बिहीबारका दिन भने ठूलो घुइँचो लाग्छ । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी मन्दिर, कुम्भेश्वर महादेव मन्दिर (सर्वेश्वर मृत्युञ्जय महादेव पनि भनिन्छ) परिसरमा छ ।

यो मन्दिरमा दैनिक नित्य पूजा आराधना हुन्छ । तन्त्रशास्त्र अनुसारका दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो । बृहस्पतीको स्वामी भएकाले वृहस्पतीको ग्रह पीडा पाउने उद्देश्यले बिहीबार दर्शन गर्ने गरिन्छ । बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ । बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो । त्यसकारण माता बंगलामुखीलाई श्री भगवान सरहकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ ।

जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आँधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुर्दशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ । बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ । शत्रु संहार गर्न बंगलामुखीको आराधनाबाट शीघ्र फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रही छन् । तन्त्र साधना गने, शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ ।

देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ । धेरै ठाउँमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो । जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्छन् । पितृ र कुललाई सञ्चालन गर्ने बृहस्पती भनिन्छ र बंगलामुखी माता बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोष लाग्दा बंगलामुखीको शरणमा जाने चलन छ ।