• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन् ★   पृथ्वीराजमार्ग विस्तार: मुआब्जा बुझाइयो तर घर भत्काइएन ★   उत्कृष्ट कौशी खेती कृषकको खोजी गर्दै वडा कार्यालय ★   कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ★   कोशीका मुख्यमन्त्री कार्कीद्वारा अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र पेश ★   दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो ★   टी–२० विश्वकपका लागि अन्तिम टोली आजै घोषणा गर्ने भारतको तयारी ★   उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍यो: विष्णु रिमाल ★   ‘सिधा कुरा’माथि सर्वोच्चको आदेशलाई लिएर पत्रकार महासंघको चासो ★   कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

पाटनको प्रसिद्ध बंगलामुखी मन्दिर, बिहीबार दर्शनार्थीको भीड



काठमाडौं । ललितपुर जिल्लाको महत्वपूर्ण शक्तिपीठ हो– बंगलामुखी मन्दिर । प्रायः दैनिक जसो भक्तजन दर्शनका लागि बंगलामुखी पुग्ने गरे पनि बिहीबारका दिन भने ठूलो घुइँचो लाग्छ । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी मन्दिर, कुम्भेश्वर महादेव मन्दिर (सर्वेश्वर मृत्युञ्जय महादेव पनि भनिन्छ) परिसरमा छ ।

यो मन्दिरमा दैनिक नित्य पूजा आराधना हुन्छ । तन्त्रशास्त्र अनुसारका दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो । बृहस्पतीको स्वामी भएकाले वृहस्पतीको ग्रह पीडा पाउने उद्देश्यले बिहीबार दर्शन गर्ने गरिन्छ । बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ । बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो । त्यसकारण माता बंगलामुखीलाई श्री भगवान सरहकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ ।

जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आँधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुर्दशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ । बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ । शत्रु संहार गर्न बंगलामुखीको आराधनाबाट शीघ्र फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रही छन् । तन्त्र साधना गने, शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ ।

देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ । धेरै ठाउँमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो । जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्छन् । पितृ र कुललाई सञ्चालन गर्ने बृहस्पती भनिन्छ र बंगलामुखी माता बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोष लाग्दा बंगलामुखीको शरणमा जाने चलन छ ।