• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

अधिवेशन अन्त्यको सिफारिसपछि आज बस्ला त प्रतिनिधिसभाको बैठक ?



काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरे पनि आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले आजै मध्यराति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचद्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको थियो । तर यसअघि नै प्रतिनिधिसभाको बैठक आजका लागि तय गरिएको हो । सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेपछि आज बैठक बस्छ कि बस्दैन भन्ने अन्योल चाहिँ कायमै छ ।

राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको पत्र संसद्लाई जानकारी दिनुपर्ने छ । बीचमै अधिवेशन अन्त्य भए त्यस्तो जानकारी सूचना टाँस गरेर पनि दिन सकिने छ । तर आज बैठक बस्ने र त्यसपछि मात्र पत्रबारे सदनलाई जानकारी दिने तयारी संसद् सचिवालयको छ ।

नेपाली कांग्रेसले चैत २ गतेदेखि सदनमा लगातार अवरोध सिर्जना गर्दै आएको छ । आजको बैठक बसेमा पनि कांग्रेसले सरकारको विरोध गर्ने र आफ्ना माग पूरा गर्न दबाब दिने तयारी गरेको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकारले त्यसको वास्ता गरेको मात्र छैन, समिति गठन गर्न नसकिने जवाफ नै दिएको छ ।