२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त

ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त
अ अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक टिप्पणीकार तथा आफ्नै सामाजिक सञ्जाल कम्पनीकी वरिष्ठ सञ्चार सल्लाहकार क्याटी जाचारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरी (प्रवक्ता) मा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रूथ सोसियलमार्फत जाचारियाको नियुक्तिको औपचारिक जानकारी गराउनुभएको हो ।

हाल प्रेस सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएकी क्यारोलिन लिभिटले चालू अगस्ट महिनाको अन्त्यमा पद छाड्ने घोषणा यसअघि नै भइसकेको पृष्ठभूमिमा यो नयाँ नियुक्ति भएको हो ।

आफ्नो आधिकारिक पोस्टमा राष्ट्रपति ट्रम्पले जाचारियाको प्रशंसा गर्दै उनी हाल ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप अन्तर्गतको ट्रूथ सोसियलमा वरिष्ठ सञ्चार सल्लाहकारका रूपमा उत्कृष्ट काम गरिरहेको उल्लेख गर्नुभएको छ ।

यसअघि जाचारियाले अमेरिकी आन्तरिक सुरक्षा विभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) मा प्रवक्ता तथा सार्वजनिक मामिला सम्बन्धी उपसहायक सचिवको महत्वपूर्ण जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ ।

सका साथै, राष्ट्रपति ट्रम्पले विगतका राजनीतिक चुनावी अभियानहरूमा, विशेष गरी निर्णायक मानिने मुख्य प्रतिष्पर्धात्मक राज्यहरू (स्विङ स्टेट्स) मा आफ्नो रणनीतिक टोलीलाई सफल बनाउन जाचारियाले पु¥याएको योगदानको पनि स्मरण गर्नुभएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनकाअनुसार जाचारियालाई यस पदमा नियुक्त गर्नुअघि राष्ट्रपति ट्रम्पले आफ्ना निकटवर्ती सल्लाहकार तथा सहयोगीहरूसँग विस्तृत परामर्श गर्नुभएको थियो ।

वर्तमान प्रवक्ता लिभिट बाहिरिएसँगै ह्वाइट हाउस र सञ्चारमाध्यमबीचको मुख्य समन्वयकारी भूमिका अब जाचारियाको काँधमा आइपुग्नेछ ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल