२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह

बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह
अ अ+ अ-

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकास्थित जगत क्षेत्रमा आएको भीषण बाढीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा ठूलो जोखिम निम्त्याएको छ । बाढीका कारण आरुघाटस्थित बाढी मापन केन्द्र र पुलसमेत बगेका छन् । नदीमा गेग्रानसहितको ठूलो बहाव आएपछि बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ ।

आइतबार बिहान करिब ४ बजेदेखि सुरु भएको बाढी तीन चरणमा आएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । बाढी पूर्वानुमान शाखाका अनुसार बिहान ६ः३० बजेदेखि नदीको जलस्तर बढ्न थालेको थियो । बिहान ७ः५० बजे जलस्तर पाँच मिटरको खतराको तह पार गरेको र बिहान ८ः४५ बजेतिर ८.५ मिटर पुगेको थियो ।

त्यसपछि बाढीले आरुघाटस्थित बाढी मापन केन्द्र र पुल बगाएकाले थप तथ्याङ्क प्राप्त हुन नसकेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार चुमनुब्री गाउँपालिकाको माथिल्लो हिमाली क्षेत्रमा गएको पहिरोका कारण नदी थुनिएर क्रमिक रूपमा खुल्दा विभिन्न चरणमा बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । उपग्रहबाट प्राप्त प्रारम्भिक तस्बिरमा हिमाली क्षेत्रमा ठूलो पहिरो देखिए पनि बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको उनले बताए ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै शाखाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रसँगै त्रिशूली र नारायणी नदी करिडोरका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

शाखाका अनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तलका तटीय क्षेत्रमा मध्यम जोखिम रहेको छ । बूढीगण्डकीको बाढी त्रिशूली नदीमा मिसिँदा त्रिशूलीको जलस्तर करिब तीन मिटर बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैगरी, देवघाटमा पनि जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले चितवन र नवलपरासी पूर्वका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । आइतबार साँझसम्म नदीको बहाव सामान्य अवस्थामा नफर्किएसम्म जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

बाढीका कारण गोरखा क्षेत्रमा फसेका छ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । सम्भावित मानवीय क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, जोखिमयुक्त बस्ती खाली गराउने तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् ।

बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान, जलस्तरको परिवर्तनबारे जानकारी लिइरहन तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।