नुवाकोट । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले २४० फिट लामो एक्रो बेलिब्रिज निर्माण गरेको छ ।
६० टन भारवहन क्षमता रहेको उक्त पुल आज उद्घाटन गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ ।
पुल सञ्चालनमा आएपछि फलाखु खोला वारपार गर्न सहज हुनुका साथै नुवाकोट र रसुवाबीचको आवागमन तथा यातायात सेवा थप सहज हुने अपेक्षा गरिएको छ ।








