२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
अ अ+ अ-

रियाद। साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन्।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार, विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको परिसरमा क्षेप्यास्त्र प्रहार भएको थियो। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतकमध्ये बंगलादेशका दुई जना तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना छन्।

साउदी नेतृत्वको गठबन्धनले आक्रमणका लागि छिमेकी यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीलाई जिम्मेवार ठहर गरेको छ। पछिल्लो एक सातामा विमानस्थलमा भएका विभिन्न आक्रमणमध्ये यो सबैभन्दा घातक घटना भएको समाचारमा उल्लेख छ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरबले गर्ने सैन्य कारबाहीमा अमेरिका सहभागी हुने वा नहुनेबारे विचार गरिरहेको बताउनुभएको छ । उहाँले घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक निर्णय छिट्टै गरिने उल्लेख गर्नुभयो ।

ट्रम्पले शनिबार साउदी युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गर्ने योजना रहेको बताउनुभएको थियो । उहाँले साउदी अरबमा भएको घटना स्वीकार्य नभएको प्रतिक्रिया दिनुभयो ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको निन्दा गर्नुभएको छ।

यमनमा साउदी समर्थित सरकारी सेनाले हुथी विद्रोहीसँग लडाइँ गरिरहेका बेला पछिल्लो आक्रमणले क्षेत्रीय तनाव थप बढाउने देखिएको छ। खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण साउदी अरब र उसका सहयोगी राष्ट्रहरूको सुरक्षा चुनौतीसमेत बढेको छ।  (रासस/एपी)