२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
अ अ+ अ-

भोजपुर। वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बन्नुभएको छ ।

करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किनुभएका अधिकारीले गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरी वार्षिक करिब रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विदेशमा कमाएको पुँजी, सिकेको सीप र प्राप्त अनुभवलाई आफ्नै गाउँमा उपयोग गर्ने सोचले उहाँले पाँच वर्षअघि बाख्रापालन सुरु गर्नुभएको हो । अहिले बाख्रापालन उहाँको आम्दानीको महत्त्वपूर्ण आधार बनेको छ । कृषि तथा पशुपालनलाई मुख्य पेसाका रूपमा अघि बढाउँदै आउनुभएका अधिकारीले स्थानीय स्रोतसाधनको उपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।

“विदेशमा गएर काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सोचले बाख्रापालन सुरु गरेको हुँ”, अधिकारीले भन्नुभयो, “मिहिनेत गर्ने हो भने गाउँमै पनि आम्दानीको राम्रो आधार बनाउन सकिन्छ ।”

विदेशमा लामो समय रोजगारी गरेपछि स्वदेश फर्किएका अधिकारीले पुनः विदेश जानुभन्दा आफ्नै गाउँमा उद्यम गर्ने बाटो रोज्नुभएको हो । बाख्रापालनका लागि आवश्यक घाँस, चरन तथा स्थानीय वातावरण अनुकूल रहेकाले पनि यो व्यवसायलाई निरन्तरता दिन सहज भएको उहाँको भनाइ छ ।

अरुण गाउँपालिका–७ सिक्रेटारले स्थानीय भूगोल र सम्भावनाअनुसार कृषि तथा पशुपालनलाई प्राथमिकता दिँदै आएको छ । वडाले व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्ने किसानलाई आवश्यक तालिमका साथै औजार तथा उपकरणमा सहयोग गर्दै आएको वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।

“स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरेर किसानलाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको छ”, वडाध्यक्ष थापाले भन्नुभयो, “विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै उद्यम गर्न प्रेरित गर्नसके रोजगारी र आम्दानीका अवसर बढाउन सकिन्छ ।”

स्थानीयस्तरमै कृषि तथा पशुपालनका सम्भावना रहेकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यावसायिक उत्पादनमा जोड्न सके गाउँको अर्थतन्त्रमा पनि योगदान पुग्ने स्थानीयको भनाइ छ ।

अधिकारीको बाख्रापालनले विदेशबाट फर्किएका युवाले आफ्नै गाउँमा उपलब्ध स्रोतसाधन र सीपको प्रयोग गरेर आम्दानीको आधार बनाउन सकिने देखाएको छ ।

बाख्रापालनबाट उत्पादन भएको गोठेमलको सदुपयोग गर्दै आँप, लिची, एभोकाडोलगायत फलफूलको पनि खेती गरिरहेको किसान अधिकारीले बताउनुभयो । रासस