१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ
अ अ+ अ-

काठमाडौँ । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उहाँले नेपालबारे ‘गुगल सर्च’ गर्नुभयो । उहाँको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो ।

रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरी उहाँको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने कुरा पनि भएन । तर उहाँसँग स्काउटले सिकाएको सिक्ने र सिकाउने बानी छ । तर कसरी गर्ने होला ? यो कुरा उहाँको दिमागमा खेलिरहेको थियो ।

यही स्वभावका कारण क्रिस्टिनाले सबैभन्दा पहिला नेपाली भाषा सिक्न थाल्नुभयो । सुरुमा खानाका परिकार र त्यसपछि सञ्चोबिसञ्चोको खबर आदानप्रदानका केही शब्दबाट सुरु भएको उहाँको नेपाली भाषा सिकाइ अहिले आफ्नो परिचयसम्म पुगेको छ । अहिले उहाँ आफ्नो छोटो परिचय नेपाली भाषामै दिनसक्ने हुनुभएको छ ।

स्काउटमार्फत नेपाल आएकी उहाँले चार महिनामै नेपाली भाषा र संस्कृति सिक्नुभएको छ । अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिनुहुन्छ । भेट हुने नेपालीसँग उहाँ भन्नुहुन्छ, “नमस्कार म क्रिस्टिना, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी ।”

क्रिस्टिनालाई लाग्छ, कसैसँग आत्मियता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ । यसले छिट्टै उनीहरुसँग घुलमिल हुन र अपनत्व बढाउन सजिलो हुन्छ । अफ्रिकाबाट नेपाल आएको चार महिना नपुग्दै उहाँले नेपाली शब्द कोष समेत बटुल्न थाल्नुभएको छ ।

यतिबेला नेपाल स्काउटको निम्तोमा अफ्रिकाका विभिन्न देशबाट क्रिस्टिनासहित पाँच किशोरी नेपाल आउनुभएको छ । घाना, मलावी, मदगास्कर, रुवान्डा र युगान्डाका किशोरीहरुले यहाँको संस्कृति र भाषा सिक्ने मात्रै होइन, आफ्नो अनुभव समेत विद्यालयहरुमा पुगेर सुनाउने गर्नुभएको छ ।

उहाँसँगैकि रेश्मा सलिम मलावीबाट आउनुभएको छ । अफ्रिकी मूलकी युवतीको नाम कसरी रेश्मा रहन गयो रु उहाँलाई धेरै नेपालीले सोध्ने प्रश्न हो यो । उहाँको नामसँगै पूर्वीय इतिहास जोडिएको छ । हजुरआमा भारतीय मूलकी भएकाले नातिनीको नाम रेश्मा राख्नुभएको उहाँले सुनाउनुभयो ।

रेश्मालाई नेपाल मन पर्नुमा छिमेकी मुलुक भारतको निकटता पनि रहेछ । मावली देश भारतकै छेउमा आउदा नेपालप्रति उहाँमा आत्मीय भाव छ । “म मावली छेउमै छु जस्तो लागेको छ”, उहाँ थप्नुहुन्छ, “कोमल हृदय भएका यहाँ धेरै मान्छे रहेछन् ।”

मदागास्करकी फेलाना भने नेपालको प्राकृतिक सौन्दर्यबाट मोहित हुनुहुन्छ । केही सुन्दरता तस्वीरमा कैद गर्नुभएको छ । घानाबाट आउनुभएकी युजेनिया इडोइफ्याड्रोलाई नेपालको एड्भेञ्चरले खुबै तानेको छ रे ।

स्काउटले किशोरीलाई सशक्तिकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटकी युवा कार्यक्रम अधिकृत सरु गोसाईले जानकारी दिनुभयो ।

यस ‘गर्ल्स मुभमेन्ट’ (एसस)की नेपालको संयोजक समेत रहनुभएकी सरुका अनुसार स्काउटमा दुई वटा विश्व सङ्गठन छन् । एउटा वर्ल्ड अर्गनाइजेसन अफ स्काउट द मुभमेन्ट ९वजम० र अर्को वर्ल्ड एसोसिएसन अफ गर्ल गाइडस् एण्ड गर्ल्स स्काउटस ९वाग्स० । यही वाग्स अन्तर्गत विभिन्न इनिसिएटीभ्सहरु छन् । जसमध्ये ‘यस गर्ल्स मुभमेन्ट’ पर्छ । यो युथ एक्सचेन्ज साउथ टु साउथ हो । यो विधामा ‘एक्सचेन्ज प्रोग्राम’ हुन्छ । एउटा छ महिना र अर्को १० महिनाको हुन्छ । जसमा १३ वटा देश आबद्ध छन् । यसअन्तर्गत नेपाल र बङ्गलादेश पनि छन् । विभिन्न देशका स्काउटहरु स्वंयसेवकमा आएर एक अर्काको देशमा अनुभव बुटल्ने गर्छन् ।

यसै अन्तर्गत यसपटक अफ्रिकाबाट पाँच जना किशोरी स्काउट स्वंयमसेविकाका रुपमा नेपाल आएका हुन् । उनीहरुले यहाँ बसुन्जेल यहाँको काम गर्ने तरिका, जीवनशैली, भाषा, गतिविधि र परिवेश अवलोकन गर्नेछन् । नेपालबाट पाँच जना किशोरी पाँच वटा फरक देशमा बसेर काम गरिरहेका छन् । नेपालमा सन् २०१८ मा यो कार्यक्रम सुरु भएको हो । सुरुमा तीन जना पठाउने गरिन्थ्यो भने अहिले सङ्ख्या बढाएर पाँच पुर्‍याइएको छ । सन् २०२० बाट पठाउने र बोलाउने गर्न थालिएको हो । यसभन्दा अघि बोलाउने मात्रै गरिन्थ्यो ।

सरुका अनुसार सहभागी अफ्रिकाका स्काउट स्वयंसेवकहरु विभिन्न सामुदायिक र निजी स्कुलमा गएर कार्यक्रमहरु सञ्चालन गर्ने, स्काउटमा बस्नुको महत्व बुझाउने, शिक्षासम्बन्धी चेतना जगाउनेलगायत चेतनामुलक कार्यक्रमहरु पनि गर्छन् ।

यसै अन्तर्गत ‘ग्रीन टेक जेनेरेसन’ अभियान छ । यसमा वातावरणसम्बन्धी जानकारीमुलक क्रियाकलाप हुन्छ । अर्को ‘रेड प्राइड’मा महिनावारीसँग सम्बन्धित शिक्षाहरु दिइन्छ र सिकाइन्छ । यस वर्ष नयाँ कार्यक्रम थपिएको छ । जुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित छ ।

तुलनात्मक रुपमा यस क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति न्यून छ । सहभागिता बढाउन जोड दिने हेतुले यो कार्यक्रम थपिएको हो । साथै ‘एस गर्ल्स क्यान क्याम्पेन’अन्तर्गत मूल नारा ‘एस गर्ल्स क्यान से नो टु साइवर बुलिङ’ रहेको छ । पछिल्लो समय अनलाइनमार्फत हुने विभिन्न हिंसाबाट सुरक्षित हुने तरिका सिकाउँदै आइएको सरुले बताउनुभयो । रासस