१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’

गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले सभापति गगनकुमार थापामाथि गरिएको तल्लो स्तरको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।

जनकपुरधाम उपमहानगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सभापति थापालाई ‘ग्याङ्स्टर’ भनी आरोप लगाउनेहरूलाई ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै कटाक्ष गर्नुभएको हो ।

नेता यादवले नाम नलिई काँग्रेसका एक पूर्वउपसभापतिप्रति लक्षित गर्दै पार्टीका जिम्मेवार तहमा रहेका नेताहरूको पछिल्लो अभिव्यक्ति ‘बौखलाहट’ र ‘नैतिकताविहीन’ भएको आरोप लगाउनु भयो । यादवले डिजिटल युगमा कसैको पनि विगत र वर्तमानका अभिव्यक्ति लुक्न नसक्ने भन्दै चेतावनीको भाषा प्रयोग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विनाश आउने बेलामा बुद्धि बिग्रिन्छ, हाम्रा यहाँका नेता त्यही नियतिको सिकार भएका छन् । जसले महामन्त्री थापालाई ग्याङ्स्टर भन्छन्, उनीहरूको शब्द चयन नै दुर्भाग्यपूर्ण छ । टिकट लिने बेलामा गगन थापालाई मेरो नेता र भावी प्रधानमन्त्री भन्दै हिँड्नेहरू, आज त्यही व्यक्तिलाई गाली गरेर आफ्नो इमानदारिता प्रदर्शन गर्दै हुनुहुन्छ ?’

काँग्रेस एक लोकतान्त्रिक पार्टी भएकाले राजनीतिमा नैतिकता र इमानदारिता सर्वोपरि हुनुपर्ने उहाँको भनाइ छ । पुरानो ‘ब्याज’ खाएर राजनीति गरिरहेका पुराना पुस्ताका नेताहरूलाई अब युवा पुस्ताका लागि ठाउँ खाली गरिदिनुपर्ने उहाँको जोड छ ।

देशको हरेक राजनीतिक परिवर्तनमा युवाहरूको भूमिका अग्रणी रहेकाले अबको राजनीतिले पनि युवा नेतृत्वलाई नै अवसर दिनुपर्ने यादवले बताउनु भयो ।

उहाँले सार्वजनिक मञ्चबाट प्रयोग गरिने अमर्यादित शब्दहरूले कार्यकर्तामा गलत सन्देश जाने भन्दै नेताहरूलाई संयमित हुन समेत आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल