१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित
अ अ+ अ-

गुल्मी। अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् ।

बाढी तथा पहिरोको जोखिममा परेका, घरको छानोमा क्षति पुगेका प्रभावित परिवारलाई प्रहरी तथा स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कायालय गुल्मीका सुभना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

रुरुक्षेत्र गाउँपालिका-१ रिडीस्थित लामाचौपारी क्षेत्रमा कालीगण्डकी नदीको बहाव बढेपछि नदी किनारमा पसल सञ्चालन गरी बस्दै आएका सात घरधुरी जोखिममा परेका छन् । जोखिममा परेका परिवारलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।

रेसुङ्गा नगरपालिका-४ सेउघामा घर माथिबाट पहिरो खसेपछि दुई परिवार विस्थापित भएका छन् । तेजबहादुर खत्रीको चार र एमकला खत्रीको दुईसहित छ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी नजिकैको गोठमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मदाने गाउँपालिका-६ पुर्कोटदहस्थित ठुम्कामा हावाहुरी र वर्षाका कारण घरको टिनको छानो उडेपछि ३७ वर्षीय सन्तोष चुदराको परिवार विस्थापित भएको छ । चन्द्रकोट गाउँपालिका-४ रेमीमा ४४ वर्षीय खेमबहादुर कार्कीको गोठ भत्किएर क्षति पुगेपछि उहाँको परिवार पनि विस्थापित भएको छ । कार्कीको एकतले कच्ची गोठ भत्किँदाभित्र बाँधिएका पाडापाडी पुरिएर मरेका छन् ।

यसैगरी मुसिकोट नगरपालिका-१ पखेरामा २७ वर्षीया सुशीला विकको एकतले कच्ची गोठ भत्किँदा एउटा माउ बाख्रा पुरिएर मरेको छ । बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहिरोग्रस्त क्षेत्रमा उद्धार कार्यलाई सक्रिय बनाएका छन् । जोखिमयुक्त क्षेत्रमा समयमै उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ ।

कालीगण्डकीमा पानीको बहाव बढेपछि स्थानीयलाई सारियो

लगातारको वर्षासँगै आएको बाढीका कारण गुल्मीको कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिका-१ रिडि बजारस्थित तटीय क्षेत्रका उच्च जोखिममा परेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

इलाका प्रहरी कार्यालय रिडिबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धार तथा स्थानान्तरणको काममा खटिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिनुभयो ।

आज बिहान नदीमा पानीको सतह एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारका नागरिकलाई सर्तक रहन र सुरक्षित स्थानमा बसोवास गर्न आग्रह गरेको छ । कालीगण्डकी नदीमा पानीको बहाव उच्च रूपमा बढ्दै गएपछि रिडीवासीमा यतिबेला थप त्रास बढेको छ ।  रासस