१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै

३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै
अ अ+ अ-

भक्तपुर।  मध्यपुरथिमिको दुईपोखरी नजिक दिगु भैरब अर्थात् प्रचण्ड भैरव मन्दिरको डबलीमा आज स्टेज बनाइएको छ । आज बिहानैदेखि भैरव मन्दिरमा पूजा गरी स्थानीय विभिन्न परिकारसहितको प्रसाद वितरण कार्य जारी छ ।

भाद्र शुक्ल पूर्णिमा अर्थात येंया पुन्हियाको दिन आज साँझ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले हजारौँ व्यक्तिको अगाडि मेय् प्वाः खनेगु जात्रा अर्थात् जिब्रो छेड्ने जात्रामा श्रेष्ठले आज साँझ ७ः०० बजे जिब्रो छेड्ने भएपछि जात्राको तयारी पूरा गरेको हो ।

आज जिब्रो छेडेर उहाँले दिगुटोल दबलीबाट सुरु हुने महाद्वीप बोकेर यात्रा बालकुमारी, दक्षिणबाराही, चारदोबाटो, सिद्धिकाली मन्दिर, नासननी, चपाचो, गार्चा, नगदेश, सिद्धिगणेश मन्दिर, भीमसेन चोक, नगरपालिका चोक, पाटीबिहार, पोबु, भुलाखेल, चोडे, दुईपोखरी, शिवाटोल, दथुटोल, बालकुमारी, तछुटोल, विष्णुवीर हुँदै बालकुमारी मन्दिर परिसरमा पुगेर जात्रा समापन हुनेछ ।

बीचबीचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोकिँदै ११ वर्षको अन्तरालपछि २०७४ मा वीरेद्रभक्तकै अगुवाइमा पुनःसुरु भएको थियो । त्यसयता उहाँले २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छडाउनु भएको थियो ।

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएकामा २०७९ मा पुनःवीरेंद्रभक्तले र मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा जिब्रो छेडाउनुभएको थियो । आर्थिक अभावका कारण चल्दै र रोकिँदै आएको यो जात्रा सञ्चालनमा करिब रु छ लाखभन्दा बढीको खर्च हुने र बागमती प्रदेश सरकार, नगरपालिकाले सहयोग गरेकोभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले खर्च गर्दै आएको छ ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार घुम्ने प्रचलन छ । उहाँले २०८२ सालमा जिब्रो छेडेर सयौँ स्थानीयका साथमा करिब ३० किलोको महाद्वीप बोकेर खाली खुट्टा नै पशुपतिनाथका मन्दिरसम्म पुगेर फर्किंदा २८ किलोमिटर लामो सडक खाली खुट्टा हिँडेरै यात्रा गर्नुभएको थियो ।

उहाँले २०८२ सालमा भने जिब्रो छोडेर दिगुटोलबाट सुरु भएको जात्रा बालकुमारी मन्दिर, तछुटोल, विष्णुवीर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुँदै पुन शङ्खधर चोक हुँदै मुख्य सडकबाट राधेराधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौ, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान रुट हुँदै पुनःपाँचतले मन्दिर, बंशगोपाल, सिद्धपोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भीमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हुँदै बालकुमारी मन्दिरसम्मको १३ किलोमिटरको यात्रा पूरा गरी जिब्रोबाट सियो निकालेर जात्रा बिसर्जन गरिएको थियो ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिसाचको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिसाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर पशुपतिसम्मको यात्रा गर्दै अन्तिमा पुनःबालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा रहेको छ । जात्राले मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ । रासस