१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी
अ अ+ अ-

रियाद। यमनका हुथी विद्रोहीले साउदी अरबमाथि नयाँ आक्रमण जारी राखेपछि साउदी नेतृत्वको गठबन्धनले शनिबार दुई ड्रोन र दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकिएको जनाएको छ ।

इरान समर्थित हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा नयाँ आक्रमण गरेपछि अन्तर्राष्ट्रिय स्तरबाट समेत चिन्ता व्यक्त गरिएको छ ।

गत जुलाईदेखि हुथी समूहका आक्रमण निरन्तर तीव्र भइरहेका छन् । लामो समयदेखि कायम युद्धविराम अन्त्य भएपछि यमनको द्वन्द्व थप चर्किएको छ र यसले मध्यपूर्वमा जारी व्यापक युद्धसँगसमेत सम्बन्ध जोडेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले यसअघि साउदी अरबमाथि बढ्दो हुथी आक्रमणको निन्दा गरेको थियो । परिषदले ती आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण घाइते भएको उल्लेख गरेको छ ।

हुथी समूहले साउदी अरबमाथि समुद्री नाकाबन्दीसमेत लगाएको दाबी गरिएको छ । उसले तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्नुका साथै यमनको लाल सागर तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेको र साउदी भूमितर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । यस्ता गतिविधिका कारण ऊर्जा बजारमा समेत असर परेको बताइएको छ ।

साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार शनिबार हवाई प्रतिरक्षा प्रणालीले हुथी समूहले रियाद क्षेत्रतर्फ प्रहार गरेका दुई ड्रोन पहिचान गरी नष्ट गरेको थियो ।

त्यसैगरी, दक्षिणपश्चिमी सहर खमिस मुशैततर्फ प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्र पनि रोकिएको गठबन्धनले जनाएको छ । उक्त क्षेत्रमा एउटा महत्वपूर्ण हवाई सैनिक अड्डा रहेको छ ।

हुथी राजनीतिक ब्युरोका सदस्य हेजाम अल-असदले आफ्नो समूहको सैन्य अभियान अझ ठूलो द्वन्द्वका लागि तयारी मात्र भएको बताउनुभएको छ । “अभियानको शक्ति, दायरा र प्रभावका बाबजुद हाम्रो सशस्त्र बलले यसलाई पूर्ण स्तरको युद्धका लागि एउटा सानो अभ्यासका रूपमा मात्र हेरेको छ,” उहाँले शनिबार भन्नुभयो ।

खाडी सहयोग परिषदका महासचिव जासेम मोहम्मद अल्बुदाइवीले पनि हुथी आक्रमणको निन्दा गर्नुभयो । उहाँले यस्तो गतिविधिलाई साउदी अरबको सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन भन्दै सर्वसाधारणको सुरक्षा र क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष खतरा उत्पन्न भएको बताउनुभयो ।

अल्बुदाइवीले अन्तर्राष्ट्रिय समुदायलाई आक्रमण रोक्न तथा हुथी समूहलाई जवाफदेही बनाउन दृढ कदम चाल्न आग्रह गर्नुभयो । यसैबिच, यमनको शासकीय निकायका प्रमुख रशाद अल–अलिमीले शुक्रबार हुथी आक्रमणको सामना गर्न देशभर आम परिचालनको आह्वान  गर्नुभएको थियो ।

हुथी सेनाले यमनी सरकारी सेनाविरुद्ध सञ्चालन गरिरहेको स्थल अभियानका कारण मानवीय संकट थप गहिरिने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघका अनुसार अगस्टदेखि हालसम्म यमनमा एक लाख ३८ हजार मानिस विस्थापित भएका छन्, जसमा करिब ७० हजार बालबालिका रहेका छन् । रासस/एएफपी