काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिएको छ।
कांग्रेसका तर्फबाट सहमहामन्त्री उदयशमशेर राणाले तीनै जना नेतासँग भेट गरी महाधिवेशन उद्घाटन समारोहमा उपस्थित हुन निमन्त्रणा प्रदान गर्नुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ।
कांग्रेसले उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन आह्वान गरेको छ।
कांग्रेसले नेताहरूको उपस्थितिले लोकतान्त्रिक उत्सवलाई थप अर्थपूर्ण बनाउँदै राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।








