१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने

नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने
अ अ+ अ-

काठमाडौँ। नेपाल र जापान बिचको खेल वर्षाका कारण रद्ध हुँदा २०औं एशियाली खेलकुदमा पुरुष क्रिकेटमा अंक बाँडेको छ ।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको नेपालले दोस्रो खेलमा अंक पाएपछि समूह विजेता बन्दै क्वार्टरफाइनलमा श्रीलंकासककंग भेट पक्का गरेको छ ।

खेल आगामी सेप्टेम्बर २९ तारिखमा हुनेछ । त्यसअघि शनिवार कोरोगी एथ्लेटिक पार्कमा भएको खेलमा नेपालको इनिङ सकिएपछि लगातार वर्षा हुँदा खेल रद्द भयो। अंक बाँडिएसँगै नेपाल समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो ।

अब नेपालले श्रीलंकासँग सेप्टेम्बर २९ तारिखमा खेल्नेछ । जापान भने समूहचरणबाटै बाहिरियो । जापानले पहिलो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

नेपालले भने शुक्रवार अफगानिस्तानमाथि पाँच विकेटको जित रचेको थियो । त्यो जित नै नेपालका लागि समूह विजेता भएर क्वार्टरफाइनलको यात्रा तय गर्ने बलियो माध्यम बन्यो । अफगानिस्तानले भने भारतसँग क्वार्टरफाइनल खेल खेल्नेछ । एशियाबाट आइसिसीको शिर्ष चार वरियता (भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश) ले सिधै क्वार्टरफाइनल खेल्दैछन् ।

नेपालले १२ वर्षपछि टेस्ट राष्ट्र अफगानिस्तानमाथि जित निकाल्दै राम्रो शुरुआत गरेको थियो । दोस्रो खेलमा पनि नेपाली टोलीले जापानलाई १५० रनको बलियो चुनौती दिँदै दोस्रो जित निकाल्ने लक्ष्य राखेको थियो । तर वर्षाकै १५ ओभरमा छोट्याइएको खेलमा जापानले इनिङ शुरुवात गर्न पाएन । नेपालको इनिङ सकिएपछि लगातार वर्षा भयो ।

मध्यक्रमका ब्याटर लोकेश बम र सन्दीप जोराको आक्रामक अर्धशतक प्रेरित नेपालले २० औं एशियाली खेलकुदमा जापानविरुद्ध चुनौतीपूर्ण लक्ष्य दिएको थियो । सन्दीप र लोकेशले अविजित अर्धशतक बनाउँदा नेपालले जापानलाई १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । खेलमा सुस्त शुरुवातका बाबजुद नेपालले विशाल योगफल खडा गर्यो।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले ३२ बलमा ५७ रन जोडे । मध्य क्रमका ब्याटर लोकेशले २२ बलमा अविजित ५२ रन बनाए । सन्दीपको इनिङमा पाँच चौका र तीन छक्का रह्यो । लोकेशले ६ छक्का हिर्काउँदा एक चौका प्रहार गरे । ९.६ ओभरमा नेपाल ८४÷४ को अवस्थामा थियो । तर लोकेश र सन्दीपले पाँचौं विकेटका लागि २५ बलमा ५० रनको साझेदारी गर्दै इनिङ उकासे । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको शुरुवात राम्रो हुन सकेन । तेस्रो ओभरमा ओपनर कुशल भुर्तेल ४ रनमा नै पभेलियन फर्किए । २.२ ओभरमा नेपाल ७÷१ को स्थितिमा थियो । तर दोस्रो विकेटका लागि ओपनर आसिफ शेख र सन्दीपबीच ३८ बलमा ५० रनको साझेदारी भयो ।

एकपल्ट जीवनदान पाएका आसिफ २१ रन बनाएर आउट भए । ३३ बल खेल्दै उनले समान एक चौका र छक्का प्रहार गरे । जापानले खराब फिल्डिङ गर्दै चार क्याच ड्रप गर्यो । जापानको बलिङमा रिओ थोमस, इब्राहिम ताकाहासी, ज्याक नैन र डिक्लैन सुजुकीले समान एक विकेट लिए । –न्युज एजेन्सी नेपाल