१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत
अ अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसंघको महासभा सत्रको अवसरमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र इरानी राष्ट्रपति मसूद पेजेस्कियानबीच न्यूयोर्कमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।

उक्त भेटमा दुई छिमेकी मुलुकका शिर्ष नेताहरूले आपसी ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने र तनावग्रस्त क्षेत्रीय परिदृश्यमा शान्ति तथा कुटनीतिक संवादलाई प्राथमिकता दिने दृढ प्रतिवद्धता व्यक्त गरेका छन् ।

दुई देशबीचको रणनीतिक तथा मैत्रीपूर्ण साझेदारीलाई थप गति दिने उद्देश्यले आयोजित सो साइडलाइन बैठकमा क्षेत्रीय सुरक्षा र आपसी हितका साझा विषयहरूमा गहन समीक्षा भएको पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा जनाइएको छ ।

भेटवार्ताका क्रममा नेताहरूले पाकिस्तान र इरानबीचको परम्परागत सम्बन्धको समीक्षा गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री सरिफले पश्चिम एशिया तथा आसपासका क्षेत्रमा लम्बिएको द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न सबै पक्षले संयम अपनाउनुपर्ने, तनाव न्युनिकरण गर्नुपर्ने र निरन्तर कुटनीतिक संवादमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री सरिफले यसअघि सम्पन्न ‘इस्लामाबाद समझदारी पत्र’ को प्रभावकारी कार्यान्वयनमा जोड दिँदै क्षेत्रीय शान्तिको पक्षमा पाकिस्तान सधैं रचनात्मक र निष्ठावान भुमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, इरानी राष्ट्रपति मसूद पेजेस्कियानले क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरता प्रवद्र्धनका लागि पाकिस्तानले देखाएको कूटनीतिक सक्रियताको स्वागत तथा प्रशंसा गर्नुभयो ।

उहाँले इरान पाकिस्तानसँगको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउन कटिवद्ध रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पेजेस्कियानले दुई छिमेकी राष्ट्रहरूको सम्बन्ध साझा इतिहास, संस्कृति र धार्मिक आस्थाको मजबुत जगमा अडिएको स्मरण गराउनु भयो ।

छलफलको अन्त्यमा दुवै नेताहरू जटिल क्षेत्रीय चुनौतीहरूको सामना गर्न द्विपक्षीय परामर्शलाई निरन्तरता दिन र साझा हित, समृद्धि तथा सुरक्षाका लागि उच्चस्तरीय समन्वय कायम राख्न सहमत भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल