१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन
अ अ+ अ-

काठमाडौँ:  नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन गरेको छ ।

कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका सन्दर्भमा यसअघि नै पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो ।

उक्त निर्णयअनुसार महाधिवेशनका विभिन्न समितिबीच समन्वय, सहजीकरण तथा व्यवस्थापनका विषयमा आवश्यक निर्णय गर्न १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको हो ।

सभापति थापाको संयोजकत्वमा रहेको केन्द्रीय निर्देशन समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य रहनुभएको छ । उक्त समितिको सदस्यसचिव र प्रमुख राजनीतिक सल्लाहकारमा प्रताप पौडेललाई तोकिएको छ ।

त्यस्तै, महाधिवेशन व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठलाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

यसैगरी, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे रहनुभएको छ भने समितिमा केन्द्रीय सदस्यद्वय हरिशरण नेपाली र अजयबाबु शिवाकोटी, डा सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु, मोहन गजुरेल र शशाङ्कश्री न्यौपाने रहनुभएको छ ।

सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणालाई तोकिएको छ । उक्त समितिमा केन्द्रीय सदस्य नानु वास्तोला, प्रकाश पन्थ, मुना भुषाल, निपा चोखाल, ममता शर्मा, जानकी गुरुङ, डा सङ्गिता कार्की कुँवरलगायत रहनुभएको छ । उक्त समितिमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रतिनिधिसहित प्रत्येक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जना सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त हुनुहुन्छ । महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौँ जिल्ला सभापति तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा तोकिनुभएको छ ।

यस्तै, जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी र स्वयम्सेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामालाई तोकिएको छ । भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट, आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला, स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा केदारनरसिंह केसी र यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँरलाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सिता गुरुङ रहनुभएको छ । उक्त समितिमा नेपाल सांस्कृतिक महासङ्घ र नेपाली लेखक सङ्घका अध्यक्षसहित दुर्गा रायमाझी, प्रकाश लामिछाने र विपिन किरण सदस्य रहनुभएको छ ।

यसैगरी, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसले महाधिवेशनसँग सम्बन्धित सबै समितिले आ–आफ्नो कार्यविवरणअनुसार प्रभावकारी रूपमा काम गर्ने र आपसी समन्वयमार्फत १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले समिति गठन गरिएको जनाएको छ । रासस