१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति

‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति
अ अ+ अ-

ललितपुर, ९ असोजः गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीहरूका लागि रोचक र उपयोगी रहेको बताउनुभएको छ ।

मानव सेवा फाउन्डेसनको आयोजना एवं हिन्दू सम्राट नेपाल र मधेसी प्राध्यापक समाजको सहयोगमा आज ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ पुस्तक विमोचन समारोहमा उहाँले कठिन ग्रन्थलाई मातृभाषामा अनुवाद गरेर समाज र समुदायका लागि महत्त्वपूर्ण काम भएको बताउनुभयो ।

“पुस्तक सरल भाषामा अनुवाद गरिएको छ । प्रत्येक मैथिलीभाषीहरूले घरघरमा राख्न उचित किसिमको यो पुस्तक सबै परिवारको योगदानले बनेको विश्वास दर्साउँछ । यसले भाषा संरक्षणका साथै चेतना फैलाउने दस्ताबेज बन्नेछ”, प्रथम उपराष्ट्रपति झाले भन्नुभयो ।

प्रतिनिधिसभाका सांसद नितिमा कार्कीले यो कृतिको लेखनले मिथिलाञ्चलका लागि मात्रै नभएर नेपाली साहित्यका लागि ऐतिहासिक दस्ताबेजका रूपमा रहेको बताउनुभयो । उहाँले मैथिली साहित्यमा महत्त्वपूर्ण ज्ञान र चेतनाको विकासमा पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य रुपा झाले एक गृहिणी महिलाले आफ्नो घरायसी जिम्मेवारी पूरा गर्दै यो ऐतिहासिक पुस्तक प्रकाशन गर्नु उल्लेखनीय काम भएको बताउनुभयो । विश्व हिन्दू महासङ्घका नेपालका अध्यक्ष अरुणकुमार पाण्डेले नेपालको पहिचान, सनातन संस्कृतिलाई स्थानीयस्तरदेखि विश्व मञ्चसम्म पुर्‍याउन, ज्ञान, भक्ति र कर्मको उजागर गर्न पुस्तक महत्त्वपूर्ण ग्रन्थ भएको बताउनुभयो ।

पत्रकार एवं विश्लेषक सिके लालले मैथिलीभाषीहरूलाई लक्षित गरेर प्रकाशित किताबले इतिहासको अनुवाद, विश्वास र भावको हस्तान्तरण गरेको बताउनुभयो । पुस्तकका सम्पादक प्रेमनारायण झाले महाभारतमा ज्ञान, कर्म, भक्ति महाभारतका महत्त्वपूर्ण रुपले चित्रित गरेको बताउँदै यो ग्रन्थले वर्तमान तथा भावी पुस्तालाई आफ्नै मातृभाषामा महाभारतको ज्ञान, दर्शन, धर्म र जीवनमूल्य बुझ्न प्रेरणा दिने विश्वास गरिएको बताउनुभयो ।

उहाँले वर्तमान पुस्तामा पुस्तक पठन संस्कृति घट्दै गएको समयमा अध्ययन संस्कृति र चेतनाको पुनःजागरणका लागि पुस्तक प्रकाशन गर्नु अत्यन्तै महत्त्वपूर्ण भएको बताउनुभयो । पुस्तकका प्रकाशक विनयकुमार झाले मैथिली संस्कृति, परम्परा, भाषा संस्कृति र सभ्यतालाई सम्मान गर्ने र भाषा, परम्परा संरक्षण गर्दै पुस्तान्तरण गर्न पुस्तक प्रभावकारी माध्यम बन्ने बताउनुभयो ।

छ सय १३ पृष्ठको एक लाख २१ हजारभन्दा बढी शब्दहरू प्रयोग भएको यो पुस्तक महाभारतजस्तो महत्त्वपूर्ण ग्रन्थलाई मैथिली भाषामा सृजना गरेर जीवन्त बनाउने कार्य भएको पुस्तकका लेखिकाका अर्चना झाले जानकारी गराउनुभयो ।

राष्ट्रिय पोशाक अभियानका संयोजक राजानन्द माण्डव्यले राजनीतिक, सामाजिक, धार्मिक र आर्थिक सङ्कटबाट उतार्न सबैले मिलेर लाग्नुपर्नेमा जोड दिँदै मिठासपूर्ण शैलीमा मैथिली भाषामा उतारिएको मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत पुस्तक अत्यन्तै महत्त्वपूर्ण ग्रन्थ भएको बताउनुभयो ।रासस